काठमाण्डौ अर्नब चक्रवातको प्रभावका कारण गएको बिहीवारदेखि देशका धेरै ठाउँमा लगातार वर्षा र झरी परेकोमा हिजो बेलुकीदेखि वर्षा रोकिएको छ ।हिजो दिनभर परेको वर्षा बेलुकी क्रमशः कम हुँदै गएको हो । गएराति काठमाण्डौ उपत्यका आसपासका एकरदुई ठाउँमा छिटपुट वर्षा भए पनि देशका धेरैजसो ठाउँबाट अर्नब चक्रवातको प्रभाव हटेको जल तथा मौसम पूर्वनुमान महाशाखाको भनाइ छ । आजदेखि देशभरको मौसममा सुधार आउनेछ । यद्यपि, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा[...]
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा बागमती प्रदेशको मकवानपुर (मकवानपुरगढी) र गण्डकी प्रदेशको म्याग्दीमा समान १२१ मिलिमिटर रेकर्ड गरिएको छ। यसैगरी, कोशी प्रदेशको सुनसरीमा ११७ मिलिमिटर, उदयपुरमा १०६ मिलिमिटर र मनाङको ताल मौसम मापन केन्द्रमा १०४.४ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपाली रेडियो नेटवर्कमा मौसमविद् रोजन लामिछानेले दिएको जानकारी अनुसार बङ्गालको खाडीमा विकसित चक्रवात ुअर्नबु को अवशेष र पश्चिमी वायुको[...]
नेपाली बहस १५ कार्तिक २०८३, आइतवार[...]