Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मेसीले किन रोजे १० नं. जर्सी छोडेर ३० नं. ? यसअघि उनले लगाए यस्ता जर्सी (फोटो फिचरसहित)

मेसीले किन रोजे १० नं. जर्सी छोडेर ३० नं. ? यसअघि उनले लगाए यस्ता जर्सी (फोटो फिचरसहित)

  • बुधवार, श्रावण २७ २०७८

  • 4.0K
    SHARES

  • मेसीले किन रोजे १० नं. जर्सी छोडेर ३० नं. ? यसअघि उनले लगाए यस्ता जर्सी  (फोटो फिचरसहित)

    काठमाडौँ - अर्जेन्टिनी फुटबलर लियोनल मेसी फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)मा अनुबन्ध भएका छन् । उनी मंगलबार दुई वर्षका लागि अनुबन्धित भएका हुन् । मेसीका लागि थप एक वर्ष सम्झौता लम्ब्याउने विकल्प खुल्ला राखिएको छ ।

    download.jfif

    पिएसजीबाट खेल्दा मेसीले आफ्नो आइकोनिक जर्सी नम्बर १० लगाउने छैनन् । त्यसको ठाउँमा उने जर्सी नं. ३० लगाउने भएका छन् ।
    सोमबार बार्सिलोनाबाट पिएसजी पुगेका मेस्सीले स्वास्थ्य परीक्षणलगतै सम्झौंता पत्रमा हस्ताक्षर गरिसकेका छन् ।

    0c5dd83edb8d023905ccf8b84217b640_crop_exact.jpg

    फ्रि–एजेन्ट मेसीलाई हस्ताक्षर गरेबापत २५ मिलियन युरो तथा प्रति वर्ष २५ मिलियन युरोमा अनुबन्ध गरेको हो । यसबाहेक टोलीको सफलता र व्यक्तिगत प्रदर्शनअनुसार बोनस पनि रहने छ ।

    ब्राजिलियन खेलाडी नेयमारले जर्सी नम्बर १० मेसीलाई दिन चाहे पनि उनले आफै अस्वीकार गर्दै जर्सी नं. ३० लगाउने निर्णय गरेका हुन् ।
    आफूले अरुले लगाइरहेको जर्सी नम्बरमा हस्तक्षेप नगर्ने मेसीको आशय छ ।

    मेसीले सन् २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गर्दा पनि ३० नं. जर्सी नै लगाएका थिए । यही कारण उनले पिएसजीमा ३० नं. जर्सी रोजेको हुनसक्ने अनुमान गरिएको छ ।

    download (1).jfif

    अर्जेन्टिना राष्ट्रिय फुटबल टोलीका कप्तानसमेत रहेका मेसीले पछिल्लो समयमा क्लब र देश दुवैमा १० नं. जर्सी लगाउने गरेका थिए ।

    MHung81715.jpg

    बार्सिलोनामा १० न. जर्सी लगायनअघि मेसीले ३० सँगै बीचमा १९ नं.को जर्सी लगाएका थिए । साथै, उनले अर्जेन्टिनाबाट सुरुमा १८ र केही समयपछि १९ नं. जर्सी पनि लगाएका थिए । रोनाल्डिन्हाले छोडेपछि बार्सिलोनामा उनले १० नं. जर्सी पाएका थिए ।

    download (2).jfif

    यसैगरी, उनले सन् २००९ मा जुवान रोमन रिक्वेल्मीले सन्यास लिएपछि अर्जेन्टिनामा आइकोनिक १० नं जर्सी पाएका हुन् ।

    jpg.jfifयसअघि अर्जेन्टिनाको १० नं. को जर्सी डिएगो म्याराडोनाजस्ता महान खेलाडीले पनि लगाएका थिए ।

     


    बुधवार, श्रावण २७ २०७८११:३९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij