Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

  • शुक्रवार, कार्तिक २१ २०८३

  • 18
    SHARES

  • एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

    काठमाडौं । सामान्य रूपमा खरिद गरेको इनर्जी ड्रिङ्कको एउटा क्यानले कसैलाई मोटरसाइकल त कसैलाई स्कुटर दिलाएको छ । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दशैँ धमाका २०२६’ अभियानअन्तर्गत भाग्यशाली विजेताहरूले पुरस्कार प्राप्त गर्न थालेका छन् । काठमाडौं र विराटनगरमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममार्फत चार जना विजेतालाई मोटरसाइकल तथा स्कुटर हस्तान्तरण गरिएको हो ।

    काठमाडौंको सिफलस्थित नेपाल प्रिमियर लिग अर्थात् एनपीएल स्क्रिनिङ स्थलमा आयोजित कार्यक्रममा सुमन कर्माचार्य र विनोद ढुंगेलले मोटरसाइकल प्राप्त गरेका छन् ।त्यस्तै, विराटनगरको पुरानो गुद्रीमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममा धरानका अनोज कुमार अधिकारीलाई स्कुटर र विराटनगरका विनोद पोखरेललाई मोटरसाइकल हस्तान्तरण गरिएको छ ।

    पुरस्कार प्राप्त गरेपछि विजेताहरूले सामान्य रूपमा खरिद गरेको इनर्जी ड्रिङ्कबाट यति ठूलो उपहार पाउनु अप्रत्याशित र खुसीको क्षण भएको प्रतिक्रिया दिएका छन् ।म्याक्स टाइगरको यस अभियानअन्तर्गत हालसम्म १० जनाले मोटरसाइकल र ८ जनाले स्कुटर जितिसकेका छन् । तर, पुरस्कार जित्ने अवसर अझै बाँकी छ । कम्पनीका अनुसार अब ८ वटा मोटरसाइकल, १० वटा स्कुटर र बम्पर उपहारका रूपमा एउटा प्रोटोन कार जित्ने मौका उपभोक्तासँग रहेको छ ।

    नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रसारण भइरहेका एक्सट्रिम फ्यानजोनमार्फत विजेतालाई पुरस्कार हस्तान्तरण गर्ने क्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने कम्पनीले जनाएको छ । एउटा इनर्जी ड्रिङ्कको क्यानको बिर्कोले मोटरसाइकलदेखि प्रोटोन कारसम्म जित्ने अवसर दिएपछि म्याक्स टाइगरको ‘दशैँ धमाका २०२६’ अभियान उपभोक्तामाझ थप आकर्षणको विषय बनेको छ ।


    शुक्रवार, कार्तिक २१ २०८३१२:१५:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij