Nov 02 2026 | २०८३, कार्तिक १७ गते

२०८३, कार्तिक १७ गते
  • यो साता चर्चामा :
images

नेपालमाथि भूराजनीतिक दबाब बढ्दो, बालेन सरकार परिपक्व हुनुपर्ने डा. भट्टराईको जोड

नेपालमाथि भूराजनीतिक दबाब बढ्दो, बालेन सरकार परिपक्व हुनुपर्ने डा. भट्टराईको जोड

  • सोमवार, कार्तिक १७ २०८३

  • 12
    SHARES

  • नेपालमाथि भूराजनीतिक दबाब बढ्दो, बालेन सरकार परिपक्व हुनुपर्ने डा. भट्टराईको जोड

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी दिनमा नेपालमाथि बाह्य भूराजनीतिक तनाव र चलखेल थप बढ्ने दाबी गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ’नेपाली बहस’ मा कुराकानी गर्दै उहाँले वर्तमान सरकारलाई हरेक कदममा चनाखो रहन र अपरिपक्वता नदेखाउन चेतावनी दिनुभएको हो ।
    डा. भट्टराईले विश्व शक्तिकेन्द्र अमेरिकाको चासो हिमाली क्षेत्रमा केन्द्रित हुनुका साथै छिमेकी मुलुकहरू चीन र भारत विश्व बजारमा तीव्र प्रतिस्पर्धामा उत्रिएकाले नेपाल संवेदनशील मोडमा पुगेको औंल्याउनुभयो । यस्तो जटिल परिस्थितिमा सरकारलाई कुनै पनि बहानामा ’खुट्टा कमाउने’ वा अपरिपक्व निर्णय गर्ने छुट नभएको उहाँको भनाइ छ ।
    पछिल्लो ’जेनजी’ आन्दोलन र त्यसपछिको विकसित राजनीतिक घटनाक्रमतर्फ संकेत गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले सुझबुझपूर्ण तरिकाले काम गरे मात्र मुलुकले विश्व शक्ति सन्तुलनमा आफ्नो अस्तित्व जोगाउन सक्ने स्पष्ट पार्नुभयो । वर्तमान सरकार कतिपय मुद्दाहरूमा अलमलिएको जस्तो देखिए पनि यसलाई तत्कालै ’असफल’ भन्न नमिल्ने उहाँले बताउनुभयो । यद्यपि, बाह्य शक्तिको चलखेल बढ्ने जोखिमपूर्ण समयमा सरकारले आन्तरिक तथा परराष्ट्र मामिलामा उच्च परिपक्वता र दृढता प्रदर्शन गर्नुपर्नेमा उहाँले विशेष जोड दिनुभएको छ ।


    सोमवार, कार्तिक १७ २०८३०८:५७:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij