Oct 07 2026 | २०८३, आश्विन २१ गते

२०८३, आश्विन २१ गते
  • यो साता चर्चामा :
images

कांग्रेस महाधिवेशनमा आज उम्मेदवारी दर्तादेखि दोस्रो नामावली प्रकाशनसम्मको कार्यसूची

कांग्रेस महाधिवेशनमा आज उम्मेदवारी दर्तादेखि दोस्रो नामावली प्रकाशनसम्मको कार्यसूची

  • मंगलवार, आश्विन २० २०८३

  • 57
    SHARES

  • कांग्रेस महाधिवेशनमा आज उम्मेदवारी दर्तादेखि दोस्रो नामावली प्रकाशनसम्मको कार्यसूची

    काठमाडौँ । काठमाडौँको खुलामञ्चमा आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुँदैछ । सोमबारदेखि बन्दसत्र सुरु भएको महाधिवेशनमा केन्द्रीय निर्वाचन समितिले तोकेको कार्यतालिकाअनुसार आज दिनभर उम्मेदवारी दर्तादेखि नामावली प्रकाशनसम्मका कार्यक्रमहरू सञ्चालन हुनेछन् । केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म विभिन्न पदका लागि उम्मेदवारीको दरखास्त तथा मनोनयनपत्र दर्ता गर्ने समय निर्धारण गरिएको छ । मनोनयन दर्ताको समय समाप्त भएपछि समितिले आजै दिउँसो ४ः३० बजे उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।
    पहिलो नामावली प्रकाशन भएसँगै उम्मेदवारविरुद्ध दाबी विरोधका लागि दिउँसो ४ः३० बजेदेखि ५ः३० बजेसम्मको समय दिइएको छ । दाबी विरोधका लागि प्राप्त दरखास्तहरूउपर निर्वाचन समितिले आजै साँझ ५ः३० बजेदेखि ६ः३० बजेसम्म जाँचबुझ गर्नेछ । जाँचबुझ सम्पन्न भएपछि आजै बेलुका ७ः०० बजे उम्मेदवारहरूको दोस्रो नामावली प्रकाशन गरिने कार्यतालिका छ । आज दोस्रो नामावली प्रकाशन भएपछि कार्यतालिकाअनुसार भोलि असोज २१ गते उम्मेदवारी फिर्ता लिने र अन्तिम नामावली प्रकाशनको प्रक्रिया पूरा गरी असोज २२ गते बिहान ७ः३० बजेदेखि मतदान सुरु हुनेछ ।


    मंगलवार, आश्विन २० २०८३०७:०३:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij