Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

अर्नब चक्रवातको प्रभाव हट्यो, आजदेखि मौसममा सुधार

अर्नब चक्रवातको प्रभाव हट्यो, आजदेखि मौसममा सुधार

  • आइतवार, कार्तिक १६ २०८३

  • 16
    SHARES

  • अर्नब चक्रवातको प्रभाव हट्यो, आजदेखि मौसममा सुधार

    काठमाण्डौ – ‘अर्नब’ चक्रवातको प्रभावका कारण गएको बिहीवारदेखि देशका धेरै ठाउँमा लगातार वर्षा र झरी परेकोमा हिजो बेलुकीदेखि वर्षा रोकिएको छ ।
    हिजो दिनभर परेको वर्षा बेलुकी क्रमशः कम हुँदै गएको हो । गएराति काठमाण्डौ उपत्यका आसपासका एकरदुई ठाउँमा छिटपुट वर्षा भए पनि देशका धेरैजसो ठाउँबाट अर्नब चक्रवातको प्रभाव हटेको जल तथा मौसम पूर्वनुमान महाशाखाको भनाइ छ । आजदेखि देशभरको मौसममा सुधार आउनेछ । यद्यपि, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यस्तै, तराईका क्षेत्र, उपत्यका तथा खोँचहरूमा बिहानको समयमा केही ठाउँमा हुस्सु तथा कुहिरो लाग्ने अनुमान छ । वर्षा रोकिएसँगै मौसममा सुधार आए पनि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा चिसो बढेको छ ।


    आइतवार, कार्तिक १६ २०८३०७:०४:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij