Oct 16 2026 | २०८३, आश्विन ३० गते

२०८३, आश्विन ३० गते
  • यो साता चर्चामा :
images

एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात, नेपाली सङ्गीतमा नयाँ बीट र नयाँ भाइब

एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात, नेपाली सङ्गीतमा नयाँ बीट र नयाँ भाइब

  • बिहिवार, आश्विन २९ २०८३

  • 52
    SHARES

  • एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात, नेपाली सङ्गीतमा नयाँ बीट र नयाँ भाइब

    काठमाडौं । नेपाली सङ्गीत क्षेत्रमा नयाँ बीट, नयाँ भाइब र सिर्जनात्मक प्रस्तुतिसहित ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु भएको छ। नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित एक्स्ट्रिम इनर्जी ड्रिंकले यो म्युजिक सिरिज सुरु गरेको हो।

    अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ। एक्स्ट्रिम इनर्जी ड्रिंकको अवधारणामा आधारित यस सिरिजको व्यवस्थापन आर्बिट्ररी रेकड्र्सले गरिरहेको छ भने निर्माणको जिम्मेवारी एनएफटीपी अर्थात् नर्थ फ्रम दिस प्लानेटले सम्हालेको छ।

    यस सिरिजको विशेषता भनेको प्रत्येक दुई सातामा एउटा नयाँ मौलिक गीत सार्वजनिक गरिनु हो। यसले नेपाली सङ्गीतप्रेमीलाई नियमित रूपमा नयाँ सिर्जना सुन्न र हेर्न पाउने अवसर प्रदान गर्नेछ। सिरिजअन्तर्गत सार्वजनिक हुने गीत तथा सङ्गीत भिडियोहरू ‘एक्स्ट्रिम म्युजिक सिरिज’ को आधिकारिक युट्युब च्यानलमार्फत हेर्न र सुन्न सकिनेछ।

    सिरिजको पहिलो सिजनमा नौ जना कलाकार सहभागी हुँदैछन्। जसमा याबेश, एसटीम्यान, भेक, व्योमा, ब्लुज, बिजेन, फोकटोनिक्स, डोङ र क्रिजेन रहेका छन्। फरक–फरक सङ्गीत शैली र सिर्जनात्मक पहिचान भएका यी कलाकारको सहभागिताले सिरिजलाई थप विविधतापूर्ण र रोचक बनाउने अपेक्षा गरिएको छ।

    परम्परागत सङ्गीत प्रस्तुतिभन्दा फरक शैली अपनाउँदै नयाँ प्रयोग, सिर्जनात्मक सहकार्य र स्वतन्त्र अभिव्यक्तिलाई प्रोत्साहन गर्नु यस पहलको मुख्य उद्देश्य हो। यसले नयाँ पुस्ताका कलाकारलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिनुका साथै नेपाली सङ्गीतमा नयाँ शैली र प्रयोगको सम्भावनालाई समेत उजागर गर्ने अपेक्षा गरिएको छ।

    एक्स्ट्रिम इनर्जी ड्रिंकले यस म्युजिक सिरिजमार्फत नेपाली सङ्गीत क्षेत्रका प्रतिभालाई प्रवर्द्धन गर्दै स्थानीय सङ्गीत संस्कृति र सिर्जनात्मकतालाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राखेको छ। समग्रमा, ‘एक्स्ट्रिम म्युजिक सिरिज’ नेपाली सङ्गीतमा नयाँ पुस्ताको आवाज, नयाँ प्रयोग र नयाँ भाइब प्रस्तुत गर्ने एउटा नयाँ पहलका रूपमा अघि बढेको छ।


    बिहिवार, आश्विन २९ २०८३०३:२५:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij