काठमाडौं । जाडो मौसमलाई थप रोमाञ्चक र उत्साहपूर्ण बनाउने उद्देश्यसहित एक्स्ट्रिम इनर्जी ड्रिंकले आफ्ना उपभोक्ताका लागि विशेष ‘विन्टर अफर’ सार्वजनिक गरेको छ। पाँच नयाँ स्वादका इनर्जी ड्रिंक बजारमा ल्याएको अवसरमा कम्पनीले आकर्षक उपहार जित्न सकिने योजना सार्वजनिक गरेको हो।
यस योजनाअन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिंकका क्लासिकसहित पाँचवटै स्वादका उत्पादन खरिद गर्ने उपभोक्ताले सुनको क्यान जित्ने अवसर पाउनेछन्। कम्पनीका अनुसार यस अफरबाट छ जना भाग्यशाली उपभोक्ता सुनको क्यानबाट पुरस्कृत हुनेछन्।
अफरमा सहभागी हुन उपभोक्ताले एक्स्ट्रिम इनर्जी ड्रिंकको कुनै पनि स्वादको क्यान खरिद गर्नुपर्नेछ। त्यसपछि क्यानमा रहेको क्यूआर कोड स्क्यान गरी आवश्यक व्यक्तिगत विवरण दर्ता गर्नुपर्नेछ। विवरण दर्ता गरेसँगै उपभोक्ता स्वतः उपहार योजनामा सहभागी हुनेछन्।
कम्पनीका अनुसार प्रत्येक महिना राष्ट्रिय टेलिभिजनमार्फत लक्की ड्र आयोजना गरिनेछ। सोही लक्की ड्रबाट भाग्यशाली विजेता छनोट गरी सार्वजनिक रूपमा घोषणा गरिनेछ। नयाँ स्वादको आगमनसँगै ल्याइएको यो अफरले उपभोक्तालाई नयाँ स्वादको अनुभवसँगै आकर्षक उपहार जित्ने अवसरसमेत प्रदान गर्ने कम्पनीको अपेक्षा छ।
विशेषगरी युवा पुस्तालाई लक्षित गर्दै ल्याइएको यस अभियानले बजारमा एक्स्ट्रिम इनर्जी ड्रिंकको लोकप्रियता थप विस्तार गर्ने र उपभोक्तासँगको सम्बन्ध अझ मजबुत बनाउने विश्वास कम्पनीले लिएको छ।
उपभोक्ताको माया र विश्वासलाई विशेष उपहारमार्फत सम्मान गर्ने उद्देश्यले विन्टर अफर ल्याइएको कम्पनीले जनाएको छ। त्यसैले, एक्स्ट्रिम इनर्जी ड्रिंकको क्यान खरिद गर्नुहोस्, क्यूआर कोड स्क्यान गरी विवरण दर्ता गर्नुहोस् र सुनको क्यान जित्ने अवसरमा सहभागी बन्नुहोस्।