Nov 27 2026 | २०८३, मंसिर १२ गते

२०८३, मंसिर १२ गते
  • यो साता चर्चामा :
images

फरक स्वाद, फरक ऊर्जा : पाँच नयाँ फ्लेभरसहित एक्स्ट्रिम बजारमा

फरक स्वाद, फरक ऊर्जा : पाँच नयाँ फ्लेभरसहित एक्स्ट्रिम बजारमा

  • बिहिवार, मंसिर ११ २०८३

  • 73
    SHARES

  • images
    फरक स्वाद, फरक ऊर्जा : पाँच नयाँ फ्लेभरसहित एक्स्ट्रिम बजारमा

    काठमाडौं । इनर्जी ड्रिंकको बजारमा नयाँ स्वाद र फरक रोजाइ थप्दै एक्स्ट्रिमले पाँच नयाँ फ्लेभर सार्वजनिक गरेको छ। युवापुस्तामाझ लोकप्रिय एक्स्ट्रिम इनर्जी ड्रिंकले उपभोक्ताको बदलिँदो रुचि र स्वादलाई ध्यानमा राख्दै नयाँ विकल्प बजारमा ल्याएको हो।

    अब एक्स्ट्रिमका पारखीले एउटै ब्रान्डमा क्लासिक इनर्जी ड्रिंकसँगै थप पाँच फरक स्वादको अनुभव लिन पाउने भएका छन्। नयाँ फ्लेभरलाई फरक स्वादसँगै आकर्षक नामसमेत दिइएको छ। कम्पनीले ग्रिन एप्पलको स्वादमा ‘ग्रिन म्यानियाक’, मस्कट अंगुरको स्वादमा ‘श्रेक अट्याक’ र ग्रेपफ्रुट तथा पाइनएप्पलको मिश्रित स्वादमा ‘ट्रपिकल पञ्च’ बजारमा ल्याएको छ।

    त्यस्तै, रास्पबेरी स्वाद मन पराउने उपभोक्ताका लागि ‘रास्प एन्ड फ्युरियस’ र अर्को नयाँ विकल्पका रूपमा ‘एक्स्ट्रिम्ली लाइट’ पनि सार्वजनिक गरिएको छ। यी पाँच नयाँ फ्लेभरले उपभोक्तालाई आफ्नो रुचि र स्वादअनुसार उत्पादन छनोट गर्ने थप अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ। फरक स्वाद, आकर्षक नाम र विविध विकल्पका कारण नयाँ उत्पादनले बजारमा छुट्टै पहिचान बनाउने अपेक्षा कम्पनीले गरेको छ।

    कम्पनीका अनुसार उपभोक्ताको बदलिँदो चाहना र बजारको मागलाई सम्बोधन गर्ने उद्देश्यले उत्पादनको दायरा विस्तार गरिएको हो। नयाँ पाँचवटै फ्लेभरको बिक्री वितरणसमेत सुरु भइसकेको छ। पछिल्लो समय युवा पुस्तामाझ इनर्जी ड्रिंकको बजार विस्तार भइरहेका बेला एक्स्ट्रिमले स्वादमा विविधता थप्दै आफ्नो उपस्थिति अझ बलियो बनाउने रणनीति लिएको देखिन्छ।

    एकै स्वादमा सीमित नभई फरक–फरक स्वादको अनुभव लिन चाहने उपभोक्तालाई लक्षित गर्दै ल्याइएका यी नयाँ उत्पादनले बजारमा कस्तो प्रतिक्रिया पाउँछन्, त्यो भने आगामी दिनमा देखिनेछ। फरक स्वाद र नयाँ विकल्पसहित एक्स्ट्रिम अब उपभोक्तामाझ नयाँ पहिचानका साथ प्रस्तुत भएको छ।


    बिहिवार, मंसिर ११ २०८३०३:४०:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij