Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

अमेरिकाको धम्कीपश्चात् भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित मस्को हानिए

अमेरिकाको धम्कीपश्चात् भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित मस्को हानिए

  • बिहिवार, श्रावण २२ २०८२

  • 1.2K
    SHARES

  • अमेरिकाको धम्कीपश्चात् भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित मस्को हानिए

    काठमाडौं । अमेरिका र भारतबीच बढ्दो तनावबीच भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल मस्को पुगेका छन् । भारतविरुद्ध अमेरिकी कदमको रुसले कडा प्रतिवाद गरिरहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदीले डोभाललाई मस्को पठाएका हुन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो चेतावनी, भारतीय वस्तुमा चर्को कर र कडा टिप्पणीबीचमा डोभाल रूस भ्रमणमा गएका हुन् । उनको यो भ्रमण रणनीतिक र राजनीतिक दुवै हिसाबले चर्चामा छ । उनको यो भ्रमण डोनाल्ड ट्रम्पले रुसी तेल र हतियार खरिदलाई लिएर भारतमाथि खुलेर हमला गरिरहेका बेला भएको हो ।

    ट्रम्पले युक्रेन युद्धबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दबाब दिइरहेका छन् । उता भारतलाई रुसबाट टाढिन पनि चेतावनी दिइरहेका छन् । यो अवस्थामा मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल मस्को जानु संयोगभन्दा बढी रणनीतिक जवाफका रुपमा व्याख्या गरिएको छ।

    डोभालको मस्को यात्राका क्रममा भारत र रुसबीच रक्षा सहयोग र ऊर्जा सुरक्षामा गम्भीर वार्ता हुने भएको छ । अर्कोतर्फ भारतले कुनै पनि विश्वव्यापी दबाबमा आफ्नो रणनीतिक स्वार्थसँग सम्झौता नगर्ने सन्देश पनि डोभाललाई मस्को पठाएर दिएको छ।


    बिहिवार, श्रावण २२ २०८२०२:२४:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij