काठमाडौं। भारत र पाकिस्तानबीच आज वार्ता हुँदैछ। जम्मु कश्मिरमा उत्पन्न द्वन्द अन्त्य गर्न आज भारत र पाकिस्तानका प्रतिनिधिहरुबीच दिउँसो १२ बजे वार्ता हुन लागेको हो।
वार्तामा संघर्षविरामका शर्तहरू र भविष्यका रणनीतिहरूमा छलफल हुनेछ। अप्रिल २२ मा पाहलगाममा भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानमा रहेका आतंकवादी शिविरहरूमा आक्रमण गरेको थियो र यसले सीमा तनावलाई बढाएको थियो।
संघर्षविरामको घोषणा भएपनि सीमावर्ती क्षेत्रमा गोलीबारी र ड्रोन गतिविधिहरू जारी थिए र अहिले स्थिति शान्त भएको बताइएको छ।