Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

  • बिहिवार, जेठ २४ २०८१

  • 2.3K
    SHARES

  • मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

    काठमाडौं । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख सुमित्रा भण्डारीले गएराति नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।

    बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गर्नुभएको हो ।

    डेढ वर्षमा पाँचौ पटक विश्वासको मतका लागि प्रदेशसभामा उपस्थित भएका मुख्यमन्त्री यादवको पक्षमा ५० र विपक्षमा ५३ मत पर्‍यो। १०७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ मत आवश्यक पर्छ।

    प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न भोलि बिहान १० बजेसम्मको समय दिएको प्रदेश प्रमुखको कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ।

    ‘संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई ०८१र०२र२५ गते शुक्रबार बिहान १० बजेभित्र मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न माननीय प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीज्यूले आव्हान गर्नु भएको बेहोरा जानकारीका लागि अनुरोध छु’, विज्ञप्तिमा उल्लेख छ।

     


    बिहिवार, जेठ २४ २०८१०७:४८:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij