Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
एमाले क्रुद्ध

सुरु भयो संसद भंग गर्ने तयारी, स्थानीय चुनाव पनि सर्ने

सुरु भयो संसद भंग गर्ने तयारी, स्थानीय चुनाव पनि सर्ने

  • सोमवार, फाल्गुण २३ २०७८

  • 4.9K
    SHARES

  • सुरु भयो संसद भंग गर्ने तयारी, स्थानीय चुनाव पनि सर्ने

    काठमाडौँ – सत्ता गठबन्धनका दलहरुबीच वैशाख ३० मा घोषित स्थानीय तहको चुनाव सार्नेबारे छलफल चलेको छ । गठबन्धनका शीर्ष नेताहरुले नै वैशाख ३० मा घोषणा गरिएको स्थानीय तहको चुनाव सार्नेबारे छलफल चलिरहेको खुलासा गरेका हुन् ।

    हिजो मात्रै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले संसदमा देखाइरहेको वितण्डाको सामना गर्न ससद भंग गर्ने चेतावनी दिनुभएको थियो ।

    त्यसलगत्तै आज कांग्रेसका एक शीर्ष नेताले दलहरुबीच सहमति भए वैशाख ३०को स्थानीय चुनाव सारेर पहिले संघ र प्रदेशको चुनाव गर्नबारे छलफल चलिरहेको खुलासा गर्नुभयो ।

    नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले संसदको अवरोध नहटे पहिले प्रतिनिधिसभाको चुनाव गर्न ३० वैशाखमा घोषित स्थानीय चुनाव सर्न सक्ने संकेत गर्नुभयो । एमालेले संसदको अवरोध बन्द नगरे संसद विघटनको विकल्प खुला हुने उहाँले बताउनुभयो ।

    यसअघि हिजो नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि संसद भंग गरेर तीन तहकै चुनाव प्याकेजमा गर्नेबारे छलफल चलिरहेको खुलासा गर्नुभएको थियो । केपी ओलीको वितण्डा रोक्न संसद भंग गर्ने स्थितिमा पुग्न सकिने उहाँको भनाइ थियो ।

    एमालेले लगातार संसदमा अवरोध गरेर आफूहरुलाई दुःख दिने काम गरेको भन्दै उहाँले संसद नै भंग गरिदिए वितण्डा गर्ने ठाउँ नरहने र मुलुक निर्वाचनमा जाने बताउनुभएको थियो ।

    तर प्रमुख विपक्षी नेकपा एमालेले भने स्थानीय चुनाव सार्ने षड्यन्त्र सफल हुन नदिने चेतावनी दिएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्ली इलेक्सनको विषय स्थानीय चुनाव सार्ने षड्यन्त्र मात्रै भएको बताउनुभयो ।

    संविधान र सर्वाेच्च अदालतको पछिल्लो नजिरले पनि निर्धारित मितिभन्दा अगाडि पछाडि चुनाव सार्न नमिल्ने उहाँले जिकिर गर्नुभयो । हिजो केपी ओलीले गरेको संसद विघटनलाई प्रतिगमन भन्नेहरुले अहिले आफैँ विघटनको पक्षमा उभिनु लज्जाको विषय भएको उहाँले बताउनुभयो ।

    सत्ता पक्षले या त अवरोध हटाउन एमाले तयार हुनुपर्ने अन्यथा संसद भंग गरेर चनावमा जानुपर्ने दुई विकल्प मात्रै मुलुकका अगाडि उभिएका बताएको छ । विपक्षी एमाले भने कुनै हालतमा संसदको अवरोध खोल्न तयार छैन । त्यसैले निकट भविष्यमै संसद भंग हुने दिशामा राजनीति अगाडि बढेको छ । कानुनविदहरुले पनि सरकारले विश्वासको मत प्राप्त गर्न नसके संसद सोझै भंग हुने संवैधानिक व्यवस्था रहेको बताउने गरेका छन् ।


    सोमवार, फाल्गुण २३ २०७८०६:५९:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij