Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

दुर्गा प्रसाइँको गम्भीर आरोपः सरकार र रास्वपाको नेतृत्व असफल, युवाहरू आत्मदाह गर्न बाध्य

दुर्गा प्रसाइँको गम्भीर आरोपः सरकार र रास्वपाको नेतृत्व असफल, युवाहरू आत्मदाह गर्न बाध्य

  • सोमवार, आषाढ २९ २०८३

  • 204
    SHARES

  • दुर्गा प्रसाइँको गम्भीर आरोपः सरकार र रास्वपाको नेतृत्व असफल, युवाहरू आत्मदाह गर्न बाध्य

    काठमाडौँ । सामाजिक अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाइँले वर्तमान सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्व पूर्ण रूपमा असफल भएको गम्भीर आरोप लगाउनुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै प्रसाइँले सरकार र रास्वपाका नेताहरूले जनतासामु गरेका कुनै पनि प्रतिबद्धता र बोलेका वाक्यहरू पूरा नभएको दाबी गरेका छन् । व्यवसायी प्रसाइँले देशको आर्थिक र सामाजिक अवस्था झन् खस्कँदै गएको बताउनुभयो। सहकारीको ठगी, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लगाइएको चर्को करका कारण सर्वसाधारण नागरिक र युवाहरू चरम निराशामा पुगेको उहाँले उल्लेख गर्नुभयो। प्रसाइँले राज्यको गलत नीतिका कारण नै गणेश नेपाली जस्ता ऊर्जावान् युवाहरू देशमै आत्मदाह गर्न बाध्य हुनुपरेको दुःखद वास्तविकता औंल्याउनुभयो।सत्तारूढ दलहरूमाथि प्रहार गर्दै उहाँले वर्तमान नेतृत्व देश विकासका लागि नभई केवल सत्ता हातमा लिएर शासन गर्न र आफ्ना नेताहरूमाथि लागेका मुद्दाहरू फिर्ता लिनका लागि मात्र सरकारमा सहभागी भएको आरोप लगाउनुभयो।यसै गरी, देशको अर्थतन्त्रका मुख्य मेरुदण्ड मानिएका क्षेत्रहरू यो सरकार गठन भएपछि धराशायी बनेको प्रसाइँको टिप्पणी छ। उहाँका अनुसार सबैभन्दा बढी राजस्व उठ्ने सेयर बजार, जग्गा कारोबार र भन्सारजस्ता क्षेत्रमा नयाँ सरकार आएपछि झन् ठुलो नकारात्मक असर पुगेको छ। देशको समग्र आर्थिक सूचकहरू ओरालो लाग्दा पनि सरकार मूकदर्शक बनेको भन्दै उहाँले तत्काल सुधारात्मक कदम चाल्न आग्रह गर्नुभयो ।


    सोमवार, आषाढ २९ २०८३०८:४४:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij