Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सात दिनभित्र दर्ता नभए मेटामाथी प्रतिवन्ध लगाइने

सात दिनभित्र दर्ता नभए मेटामाथी प्रतिवन्ध लगाइने

  • शुक्रवार, बैशाख १२ २०८२

  • 1.4K
    SHARES

  • सात दिनभित्र दर्ता नभए मेटामाथी प्रतिवन्ध लगाइने

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको छ । आज काठमाडौंमा आयोजित ‘सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उहाँले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक पटक सूचना जारी गरे पनि नमानेको बताउनुभयो ।

    तेस्रो पटकको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै अबको ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने मन्त्री गुरुङले चेतावनी दिनुभयो । मन्त्री गुरुङले नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गएको भन्दै उसले नेपालमा दर्ता भई कर तिर्नुपर्ने बताउनुभयो ।

    मेटाले नेपालको कुल ग्राहस्थ्य उत्पादन (जिडिपी) भन्दा आफ्नो आम्दानी धेरै भएको घमण्ड गरेको बताउँदै मुलुकको स्वाधीनता पैसामा जोड्न नसकिने मन्त्री गुरुङले बताउनुभयो ।


    शुक्रवार, बैशाख १२ २०८२०३:२६:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij