Oct 16 2026 | २०८३, आश्विन ३० गते

२०८३, आश्विन ३० गते
  • यो साता चर्चामा :
images

मनसुन बाहिरियो, पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

मनसुन बाहिरियो, पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

  • बिहिवार, आश्विन २९ २०८३

  • 50
    SHARES

  • मनसुन बाहिरियो, पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

    काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । देशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ ।
    आज राति देशको हिमाली भूभागमा साधरणतया बादल लाग्ने र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


    बिहिवार, आश्विन २९ २०८३०६:४९:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij