Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

‘मुटुको आधा हौ तिमि’ सार्वजनिक (भिडियोसहित)

‘मुटुको आधा हौ तिमि’ सार्वजनिक (भिडियोसहित)

  • आइतवार, माघ २० २०८१

  • 1.2K
    SHARES

  • ‘मुटुको आधा हौ तिमि’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायिका सुजाता केसीको स्वर रहेको ‘मुटुको आधा हौ तिमि’ बोलको गीत आज माघ २० गते सार्वजनिक गरिएको छ ।

    उक्त गीत सुजाता के।सी अफिसियल युट्युब च्यानलमार्फत भिडियो सर्वाजनिक भएको छ । दर्जनौ हिट गीत गाइसकेकि गायिका केसीको धेरै गीतहरु करोड कल्बमा पुगी सकेका छ्न् । पछिल्लो समय उनै गायिका सुजाता केसीले गाउनु भएको ‘छ भने माया’ बोलको गीत अत्यधिक रुचाइएको छ ।

    ‘मुटुको आधा हौ तिमि’ गीतको शब्द र सङ्गीत ऋषि खड्काले भर्नुभएको हो भने सन्जिव बराइलीको एरेन्ज छ।

    सरोज दाहालको कथा एवं निर्देशनमा तयार भिडियोमा शुशिल शर्मा र सुजाता केसीले अभिनय रहेको छ । गीतको छायाङ्कन जापानको बिभिन्न ठाउमा गरिएको छ ।

    भिडियोले एक सफल प्रेमिल जोडिको कथा बताउने र गायिका केसीले आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा उपहार स्वरुप आफ्ना प्रीय दर्शक श्रोतामा सर्मपण गरेको बताउनु भयो । उहाँले दर्शकबाट गीतलाई लिएर राम्रो प्रतिक्रिया आउने अपेक्षा गरेको समेत बताउनु भयो ।

    कैलाश तामाङ बोमजन छायाँकन गर्नुभएको भिडियोमा टोकियोका मनोरम र रोमान्चकारी दृश्य भिडियोमा देख्न पाइने निर्देशक सरोज दाहालले दाबी गर्नु भयो । निर्देशक दाहाल विगत लामो समयदेखि पत्रकारिता, भिडियो डकुमेन्ट्री ,डकु ड्रामा गरेको अनुभव रहेको छ । उहा भन्नु हुन्छ ‘म क्यामेरा सङ त परिचित नै थिए । तर यसपटक नौलो प्रयास गरेको छु आशा छ दर्शक श्रोताले साथ दिनु हुने छ ’ ।

    भिडियो हेर्न यहाँ जानुहोस् ।

     


    आइतवार, माघ २० २०८१११:३३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij