काठमाडौँ । गीतकार सतीश चापागाईको नयाँ गीत ‘अरबमा घाम छ’ सार्वजनिक भएको छ ।
युट्युवमा नेपालीज डायस्पोरा च्यालन मार्फत सार्वजनिक भएको गीतमा स्वदेशमा जागिर नपाएकै कारण अरबको चर्को घाममा काम गर्न बाध्य नेपालीहरूको कथालाई देखाइएको छ । गीतमा भनिएको छ, अरबमा घाम छ कस्लाई पो था’छैन, अरबमै काम छ नगइ भा’छैन, ।
यसअघि पनि सार्वजनिक भएका दर्जनौ गीत लेखेका गीतकार चापागाईको चलचित्र प्रदेशी २ मा रहेको हिजो काम आज काम, काम बिदेशमा, बोलको गीत निकै चर्चित भएको थियो ।
अहिलेको गीतमा पनि उनले खाडी मुलुकमा चर्को घामबीच काम गर्नुपर्ने भएपनि आफू र परिवारका लागि जानै पर्ने बाध्यतालाई चित्रण गरेका छन् । गीतमा दिप घतानीको संगीत रहेको छ भने संजीव बराईलीले स्वर भरेका छन् ।
म्युजिक भिडियोमा दीप घतानी, सीमा क्षेत्री र मिरेश अधिकारीको अभिनय छ । भिडियो छायांकन विशाल थापाले गरेका हुन् भने भिडियो सम्पादन विभोर पोखरेलले गरेका छन् ।