काठमाडौं । लोकप्रिय गायक तथा सर्जक रामचन्द्र चन्दको ‘मायालुको नाममा’ बोलको गीत सार्वजनिक भएको छ ।
भिडियोसहित सार्वजनिक गीतमा रामचन्द्र चन्द र बिन्दु परियारको स्वर रहेको छ । यस्तै नेत्र अर्यालको शब्द र नन्दु परियारको संगीत रहेको छ । गीतमा माया गर्ने दुई प्रेमिको प्रेमभावलाई देख्न सकिन्छ ।
नायक पल शाह र नारायणी खत्रीको अभिनय रहेको म्युजिक भिडियोमा बिक्रम चौहानको निर्देशन रहेको छ ।
गीत गायिका परियारको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो ।