गीतकार चापागाईको शब्दमा गायक ढकालको पुरानै गीत फेरि चर्चामा
काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको पुरानै शैलीको नयाँ गीतले फेरि चर्चा पाएको छ । फुटेको छु शिशा जस्तै बोलको गीत अमेरिका निवासी पाल्पाका पत्रकार तथा गीतकार सतिश चापागाईले लेख्नु भएको गीतले फेरि चर्चा पाएको हो ।
बिशेषगरी बिरहका भावसहित त्यस्तै लय र स्वरका गीतहरु गाउने गायकका रुपमा परिचित ढकालको लामो समयपछि फेरि पुरानै शैलीको गीत ल्याएकाले गीतले फेरि चर्चा कमाएको गीतकार चापागाईले बताउनु भयो ।
पुरानो शैलीको गीत लामो समयपछि सार्वजनिक भएपछि उहाँलाई मन पराउने पुराना श्रोता खुशी भएका छन् । उहाँले यसविचमा पप र लोकसंगै रमाईला गीत गाउने गर्नु भएको थियो भने विरहका गित कम गर्नु भएको थियो ।
गीतमा राजनराज सिवाकोटीले संगीत दिनु भएको छ भने गीतको भिडियोमा गायक ढकाल स्वयंले अभिनय गर्नु भएको छ ।
धेरै गीतमा सहकार्य गर्नु भएका ढकाल र चापागाईले ल्याउनु भएका पछिल्लो गीत ढकालको आफ्नो युट्युव च्यालनमा राख्नु भएको छ ।