काठमाडौं। स्वयसेवि र निस्वार्थ रुपमा बिगत १३ बर्ष देखि वाग्मती सफाई महा अभियानमा होमिएका हामी स्वयंसेवकहरू पटकपटक राज्यका जिम्मेवार निकाएबाट धोका खाएका छौ!
वाग्मतीलाई ढलमुक्त बनाउने आश्वासन पटकपटक पाएता पनि, परिणाम देखिने गरी कामै भएन! शहरी विकास मन्त्रालयका मन्त्री कुलमान घिसिङज्यूको वाग्मती सफाई अभियानमा उपस्थिति र चासोले हामीमा केहि आशा पलाएको छ।तर, हामी परिणाम/ रिजल्टमा बिस्वास गर्छौ। हामी मन्त्रीज्यूलाई सफा शहर र ढलमुक्त वाग्मती बनाउनका लागि केही ठोस कदम तल्काल चाल्न अनुरोध गर्दछौं ।
चाहेमा छोटो समयमा पनि सिस्टम सुधारका काम गर्न सकिन्छ जस्तैः
१) काठमाडौं, ललितपुर लगायतका संबन्धित सबै स्थानीय सरकार र फोहर संकलकलाई एक ठाउमा राखेर छलफल गरि फोहर व्यवस्थापनको समय, पटक, रकम, घरघरमै फोहरको अनिवार्य बैज्ञानिक बर्गिकरणको व्यवस्था, नकुहिने र प्रशोधन वा पुनःप्रयोग नहुने फोहर मात्र अन्तिम बिसर्जन गर्ने, फोहर प्रशोधनबाट ससाना ब्यवसाय प्रवर्धन जस्ता फोहर व्यवस्थापनका एकिकृत योजना बनाई लागु गर्ने!
२) कुहिने फोहरबाट कम्पोष्ट मल, ग्यास, बिजुलि बनाउने व्यबस्था जस्ले रोजगारिका अबसर सिर्जना गर्छ र आयातित मल विस्थापन गर्छ !
५. बिजुलि,पानीको जस्तै फोहर संकलनको शुल्क फोहरको परिणामको आधारमा उठाउने व्यवस्था
६.. ठाउँ ठाँउमा ÷सार्वजनिक स्थलमा, सार्वजनिक यातयातमा डस्विनको अनिवार्य व्यबस्था;
७. बाटो, नदीनाला, सार्वजनिक स्थलमा फोहर फाल्नेलाई जरिवाना गर्नेगरि वातावरण निरिक्षकको ब्यवस्था गर्ने÷गराउने र सवारि चालकले लापरवाहि÷मापसे गरि सवारि साधन चलाएमा रेकड राखे जस्तै जथाभावी फालेर फालेर जरिवाना तिर्नेको अनलाईन रेकर्ड राख्ने व्यबस्था! पटके अपराधीलाई निस्चित अवधी सरकारि सुबिधा नपाउने कडा व्यबस्था गरि कार्यन्वयन गर्ने।
सफा रहर, सफा नदी खोज्ने अनि फोहर चाहि जता मन लाग्यो त्यतै फाल्ने नेपालीको बानीमा सुधार अर्थात हरेक बिषयमा आफ्नो चाहना र व्यबहार बिच तालमेल हुन जरुरि छ ! जनतामा सचेतना जगाउने कार्यक्रम, वडा सरकारबाट व्यापक गर्नु पर्ने!
५. स्कुल कलेजको पाठ्यक्रम मार्फत “मेरो फोहर मेरो जिममेवारी“ जस्ता सचेतना कार्यक्रम र यो बिषयमा व्यहारिक परियोजना कार्य (अभिभावक, शिक्षक , बालबालिकाको संयुक्त सहभागितामा) कार्यान्वयन गर्ने
८. अधिकार सम्पन्न वाग्मति सभ्यता एकीकृत बिकास समितिको कार्यको राम्रोसग चिरफार गरी समितिको पहिलो काम ढलमुक्त वाग्मति बनाउने भएको हुदाँ त्यसैमा श्रोत र क्षमताको अधिकतम उपयोग गर्ने नीति लिने। हरेक कृयाकलापको समय निर्धारण सहित सूचक तयार गरि ३÷३ महिनामा कार्यसम्पादन अनुगमन, परिणामा आधारित पुरस्कार र दण्डको व्यवस्था गर्ने!
यस्तै गर्न पर्ने र गर्न सकिने थुर्पै काम छन ! कुनै तत्काल परिणाम दिने काम छन् जस्ले जनतामा आशा भरोसा सृजना गर्नेछ र दिर्घकालिन महत्व राख्ने काम अगाडी बढाउन सहज हुनेछ। मन्त्रिज्युले आफ्नो मन्त्रालय मार्फत गर्ने कामलाई तुरुन्तै अगाडि बढाउने र समन्वय गरि गर्ने कामलाई संबन्धित सबैलाई एक ठाउमा राखेर साझा योजना र कार्यन्वयनको पहल गर्नु भयो भने सभ्य नेपाली, प्राकृतिक सुन्दरताले भरिभराउ सफा नेपालको पहिचान दिन सकिन्छ ! प्रयटन प्रवर्धनमा पनि यो कामले सहयोग गर्नेछ।
देशलाई उज्यालो बनाएको परिणाम स्वरुप नेपाली जनताले जसरि यहाँलाई सम्झिरहेका छन्। त्यसैगरि सफा नेपाल, सुन्दर शहर बनाउने काममा परिणाममुखि काम देखाउनु हुनेछ र नेपाली जनताले सधै सम्झने अर्को आधार खडा गर्नुहुनेछ भन्ने अपेक्षा गरिएको छ! राम्रो र असल काममा हामी वाग्मती सफाइ स्वयसेवि अभियन्ता सधै साथमा छौ !