Sep 16 2026 | २०८३, भाद्र ३१ गते

२०८३, भाद्र ३१ गते
images

बाढी प्रभावितका लागि आर्या फार्मा ल्याबको अर्को पहल, नुवाकोटमा स्वास्थ्य शिविर

बाढी प्रभावितका लागि आर्या फार्मा ल्याबको अर्को पहल, नुवाकोटमा स्वास्थ्य शिविर

  • सोमवार, भाद्र २९ २०८३

  • 69
    SHARES

  • बाढी प्रभावितका लागि आर्या फार्मा ल्याबको अर्को पहल, नुवाकोटमा स्वास्थ्य शिविर

    काठमाडौं । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सक्रिय रहँदै आएको आर्या फार्मा ल्याबले नुवाकोटमा स्वास्थ्य सेवा विस्तार गर्ने भएको छ।
    कम्पनीले विदुर मेडिकल कलेजसँग सहकार्य गर्दै नुवाकोटका बाढी प्रभावित समुदायलाई लक्षित गरी सातदिने सामुदायिक स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो।

    यसअघि आर्या फार्मा ल्याबले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ८२ लाख रुपैयाँ बराबरका औषधिजन्य सामग्री सहयोग गरेको थियो। सोही अभियानलाई निरन्तरता दिँदै अब प्रभावित बस्तीमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ।

    आर्या फार्मा ल्याब र विदुर मेडिकल कलेजबीच भएको सहकार्यअनुसार विदुर नगरपालिकाका बाढी प्रभावित नागरिकलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। शिविर विदुर नगरपालिका–७ स्थित सरोना स्कुल, वडा नम्बर ५ स्थित भैरवी विद्यालय तथा वडा नम्बर ९ स्थित भैरवडाँडामा सञ्चालन गर्ने योजना रहेको छ। स्वास्थ्य शिविरमा स्थानीय बासिन्दालाई विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श, आवश्यक औषधि वितरण तथा विभिन्न रोगको परीक्षण सेवा निःशुल्क उपलब्ध गराइने जनाइएको छ।

    त्यसैगरी, थप उपचार आवश्यक पर्ने बिरामीको पहिचान गरी सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गर्ने व्यवस्था समेत मिलाइने कम्पनीले जनाएको छ। बाढीपछि प्रभावित धेरै परिवार स्वास्थ्य संस्थासम्म पुग्न आर्थिक तथा व्यवहारिक कठिनाइमा रहेको अवस्थालाई ध्यानमा राख्दै समुदायमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको आर्या फार्मा ल्याबले जनाएको छ।

    कम्पनीका अनुसार औषधिजन्य सामग्री सहयोगदेखि प्रभावित बस्तीमै पुगेर स्वास्थ्य शिविर सञ्चालन गर्ने अभियानसम्मका गतिविधिले विपद्को कठिन समयमा प्रभावित परिवारसँगै उभिने तथा उनीहरूको स्वास्थ्य र पुनःस्थापनाको यात्रामा साथ दिने प्रतिबद्धता झल्काउँछन्।

    बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै निजी क्षेत्रको सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा स्वास्थ्य सेवामार्फत सहयोगलाई निरन्तरता दिने आर्या फार्मा ल्याबले जनाएको छ।


    सोमवार, भाद्र २९ २०८३०४:११:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij