Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कैलालीमा आमा-छोरी मृत फेला

कैलालीमा आमा-छोरी मृत फेला

  • शुक्रवार, माघ २५ २०८१

  • 1.7K
    SHARES

  • कैलालीमा आमा-छोरी मृत फेला

    काठमाडौं । कैलालीमा घरभित्रै आमाछोरी मृत भेटिएका छन् । गोदावरी नगरपालिका ११ गोठानमा बिहीबार साँझ आमाछोरी मृत भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बोहराका अनुसार २४ वर्षीया मीरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी मृत भेटिएका हुन् ।
    साँझ ७ बजेतिर घरमा आमा झुन्डिएको अवस्थामा र नाबालक छोरी पासो काटेको अवस्थामा भुइँमा मृत भेटिएको प्रहरीले जनाएको छ । देवर नरेश विकले उनीहरु घरभित्र झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
    मृतकका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् । घटनाका बेला उनकी सासू पनि घरमा नभएको पाइएको प्रहरीले जनाएको छ । आमाछोरीको शवलाई परिक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखेर घटनाबारे अनुसन्धान थालिएको प्रहरी नायव उपरिक्षक बोहराले बताउनुभयो ।


    शुक्रवार, माघ २५ २०८१०१:३७:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij