काठमाडौं। प्रतिनिधि सभा सदस्य प्रेम आले र माया राईले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। आज उहाँहरुलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राप्रपाका पशुपतिशमशेर जबराले शपथ गराउनु भएको हो।
राई नेपाली कांग्रेस र आले नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो। गत पुस ७ गते प्रतिनिधि सभाका सदस्यहरूको शपथ ग्रहण समारोहमा आले र राई दुबै जना छुट्नुभएको थियो ।
आले पारिवारिक शोक र राई अस्पताल भर्ना भएकाले पुस ७ गते शपथ लिन छुट्नुभएको थियो। पुस ७ मा शपथ ग्रहण गर्न छुटेका अन्य दुई जना सांसद महिन्द्र राय यादव र रामकुमार राईले पुस ८ गते नै शपथ लिइसक्नुभएको छ।