Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कति उमेरका बालबालिकाले मास्क लगाउन आवश्यक छैन ?

कति उमेरका बालबालिकाले मास्क लगाउन आवश्यक छैन ?

  • आइतवार, श्रावण ३१ २०७८

  • 4.0K
    SHARES

  • कति उमेरका बालबालिकाले मास्क लगाउन आवश्यक छैन ?

    कोरोना भाइरस संक्रमणबाट जोगिन भिडभाडमा जाँदा वा संक्रमितको छेउमा हुँदा सबै उमेर समूहकाले माक्स अनिवार्य लगाउनुपर्ने हुन्छ । बच्चाको हकमा पनि प्रायः यही नियम लागु हुन्छ । यद्यपि, पाँच वर्ष र सोभन्दा कम उमेरका बालबालिकाले मास्क लगाउन अनिवार्य नभएको युनिसेफले जनाएको छ । यो सल्लाह साना बालबालिकाको सुरक्षा र समग्र हितमा आधारित रहेको जनाइएको छ । ६ देखि ११ वर्षका बालबालिकाले निम्न अवस्थामा मास्क लगाउने :

    UNI355891.jpg

    – कोभिड–१९ समुदायमा व्यापक रूपमा फैलिएको अवस्था भएमा ।

    – बालबालिकाले सुरक्षित रूपमा मास्क प्रयोग गर्न, धुन र प्रतिस्थापन गर्न सक्ने अवस्थामा ।

    – बालबालिका हालसालै उच्च जोखिममा भएकाहरूको सम्पर्कमा पुगेको थाहा भएमा ।

    – १२ वर्ष वा माथिका बालबालिकाले वयस्कले जसरी नै मास्क लगाउने ।

    – अपाङ्गता भएका बालबालिकाको हकमा सक्षमता र हित हेरेर मात्र मास्क लगाउने ।

    – दौडँदा, उफ्रँदा वा अरू खेलकुदमा सहभागी हुँदा मास्क नलगाउने ।


    आइतवार, श्रावण ३१ २०७८०३:५५:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij