हरेक मानिसको एउटा इतिहास हुन्छ र त्यो इतिहासभित्र उसको जीवन लुकेको हुन्छ। यात्रा जिन्दगीको एक चलिरहने प्रक्रिया हो। अनि यसमा जोडिन्छन् उसका जीवनका उतारचढाव, हाँसोखुशी अनि पीडाका स्वर! जीवन भोग्नुपर्ने क्रममा बेहोरेका आँधीहुरी र जीवनको उत्तरारद्धमा बुझेको जीवनका अनुभूतिको संसार।
एउटा फलामे बार ठिंग उभिएको छ पर्खालमा । त्यही बारका आँखाले प्वालबाट हात सजिलै छिर्छ, मन छिर्छ, आँखा छिर्छ तर छिर्दैन शरीर। छेकिएको छ पूरै देखिने गरी एउटा जिजीविषाले भरिएको मन। डुल्छ सारा गाउँ, बजार, दाजुभाइ, आफ्ना इष्टमित्र, छर छिमेकमा र फर्कन्छ त्यही बारको आड लगाएर रात बिताउन। कागती निचोरेर छोक्रिएझैं बाँकी रहेको रित्तो मन,आशाका मधुरा किरणहरुले डोराएको धुमिल बाटोमा छटपटाएर बाँचिरहेको परित्यक्त जीवन!
नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण तापनि, आंशिक रूपमा मध्यपूर्व कयौं सपनाबाट बन्चित छ, नेपालको मध्यपूर्वको एक जिल्ला “तेह्रथुम” त्यसै पनि भौगोलिक विकटता । २ दशक पहिले तेह्रथुमको (हालको, छथर गाउँपालिका) मा एक निम्न वर्गीय परिवारमा एक युवाको जन्म हुन्छ र सानैदेखि लगनशील अनि वोरपरको अनुभव बटुल्न थाल्छ, लगनशीलता र अनुभवबाट चिनिएका “रितेश खतिवडा“ पिता दुर्गा खतिवडा र माता निर्मला खतिवडाको कोखबाट( रितेश) दोस्रो सन्तानका रूपमा जन्म लिएका थिए ।
उनी नेपालका विकट मध्यपूर्व क्षेत्रका हुन्, जहाँ आधारभूत पूर्वाधारहरूको कमी छ। कुरा हो २०७७ सालको, सोही समयमा नेपाल लगायत विश्वलाई नै कोरोना भाइरस ( को–भीड ) ले आक्रान्त परेको थियो। उक्त समयमा नेपालमा पनि (लक डाउन) गर्ने निर्णय सरकारले गर्यो र कार्यलय देखि शैक्षिक संघ–संसथाहरु पूर्णरुपमा ठप्प नै भए।
सोही समयको सदुपयोग गर्दै, रितेशले आफ्नो सीप चित्रकलामा देखाउन थाले । साँच्चै नै भन्ने हो भने, मान्छेको तस्बिर जस्ताको त्यस्तै कापीको पानामा उतार्नु निकै जटिल प्रक्रिया हो । र यो जो कोहीले गर्न सक्ने कुरा पनि होइन , त्यसैले हरेक मानिसका आफ्नै क्षमता हुन्छन् ।
कक्षा १० को अध्ययन सकेर बाँकी उच्च शिक्षका लागि रितेश परिवारको साथ छोडेर धरान झरे । शिक्षा सँगै उनले हरेक खालका चित्रहर कोर्न थाले, आजसम्म उनले १ दर्जन भन्दा बढी चित्रहरू कोरेका छन् । उनले कहिले गायक, गायिका देखि खेलाडी र देशका लोकप्रियव्यक्तित्वहरुका चित्रहरू कोरेको देखिन्छ।
उच्च शिक्षा सकेर उनी राजधानी सहर काठमाडौं पसे । राजधानी आए पछि उनले सुरुसुरु मा केही जटिलताहरुको सामना गर्नुपर्यो । जटीलताको अगाडी आफ्नो तनमन् लगाएर उनी पछि हट्न जानेनन् । अहिले पनि उनी शिक्षा संग सँगै आफ्नो चित्रकोर्न कलालाई अगाडी बढाइ रहेका छन् ।



रितेशको अहिले सम्मको यात्रा र समर्पणले उनीलाई समाजको योगदानकर्ता र प्रेरणाका स्रोतको रूपमा उभ्याएको छ। उनले आफ्नो कार्यदक्षता र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउँदै, धेरैलाई प्रेरित गर्न सफल भएका छन्।