Sep 08 2026 | २०८३, भाद्र २३ गते

२०८३, भाद्र २३ गते
images

कलशले गरेको शेयर सम्वन्धी एउटै तालिममा ९०० सहभागी

कलशले गरेको शेयर सम्वन्धी एउटै तालिममा ९०० सहभागी

  • मंगलवार, भाद्र २३ २०८३

  • 134
    SHARES

  • कलशले गरेको शेयर सम्वन्धी एउटै तालिममा ९०० सहभागी

    काठमाडौं । धितोपत्र बजारमा निरन्तर सेवा प्रदान गर्दै आइरहेको प्रतिष्ठित धितोपत्र व्यवसायीक कम्पनी कलश स्टक मार्केटले एउटै तालिमबाट झण्डै ९०० जनालाई सेयर कारोवार सम्वन्धी सिप सिकाएको छ । गत भदौ १२ गतेदेखि २१ गते सम्म १० दिन भएको तालिममा सेयर कारोवार सम्वन्धी आधारभूत ज्ञान र सिप प्रदान गरिएको थियो ।
    तालिम हरेक दिन बेलुका ८ बजेदेखि ९ः३० सम्म जुम अनलाईन मार्फत सञ्चालन भएको सञ्चालक प्रदीप केसीले जानकारी दिनुभयो ।

    सेयर बजारप्रति बढ्दो आकर्षण र चासोलाई मध्यनजर गर्दै आयोजना गरिएको तालिममा विदेशबाट समेत धेरै नेपाली सहभागी भएका थिए ।
    तालिममा सेयर विज्ञ रामहरी नेपालले सेयर बजारको आधारभूत पक्ष, प्राविधिक विश्लेषण र ध्यान दिनुपर्ने पक्षका बारेमा जानकारी गराउनु भएको थियो ।
    तालिममा सहजीकरण गर्नु भएका कलश स्टक मार्केटका प्रमुख कार्यकारी अधिकृत शालिकराम अधिकारीले सेयर कारोवार गर्न चाहने सबैलाई सधै सहयोग गर्न र सिकाउन आफूहरु तयार रहेको प्रतिवद्धता जनाउनु भएको थियो । बुद्धनगर–काठमाडौंमा रहेको मुख्य कार्यालय र बुटवलमा रहेको शाखा कार्यालयबाट समेत मार्जिन टे«डिङ सुविधा उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो । अनलाईन मार्फत डिम्याट तथा टिएमएस खाता खोल्न परेमा पनि आफूहरुले सघाउने उहाँको भनाई थियो ।


    मंगलवार, भाद्र २३ २०८३०८:३९:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij