Sep 08 2026 | २०८३, भाद्र २३ गते

२०८३, भाद्र २३ गते
images

क्लासिक टेकको नयाँ अफर, पुरानै मूल्यमा १२५ एमबीपीएस इन्टरनेट

क्लासिक टेकको नयाँ अफर, पुरानै मूल्यमा १२५ एमबीपीएस इन्टरनेट

  • सोमवार, भाद्र २२ २०८३

  • 51
    SHARES

  • क्लासिक टेकको नयाँ अफर, पुरानै मूल्यमा १२५ एमबीपीएस इन्टरनेट

    काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ग्राहकहरूका लागि आकर्षक अफर सार्वजनिक गरेको छ। कम्पनीले पुरानै मूल्यमा इन्टरनेटको स्पिड बढाउँदै नयाँ ग्राहकलाई अब १२५ एमबीपीएस इन्टरनेट उपलब्ध गराउने भएको हो।

    कम्पनीका अनुसार यसअघि १०० एमबीपीएस इन्टरनेट प्लान लिँदै आएका ग्राहकका लागि रहेको मूल्य संरचनामै अब १२५ एमबीपीएस इन्टरनेट उपलब्ध हुनेछ। नयाँ ग्राहकहरूले मासिक ५ सय ५३ रुपैयाँमै १२५ एमबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सक्नेछन्।

    यसअन्तर्गत ग्राहकले अतिरिक्त शुल्क नतिरी पुरानै मूल्यमा थप २५ एमबीपीएस इन्टरनेट स्पिड प्राप्त गर्ने कम्पनीले जनाएको छ। क्लासिक टेकले नयाँ इन्टरनेट जडान गर्ने ग्राहकहरूलाई वाई–फाई सिक्स राउटरको सुविधा समेत उपलब्ध गराउने जनाएको छ। कम्पनीका अनुसार सन् २०२१ देखि नै आफ्ना ग्राहकलाई वाई–फाई सिक्स प्रविधिसहितको राउटर उपलब्ध गराउँदै आएको छ।

    उच्च गतिको इन्टरनेटसँगै आधुनिक वाई–फाई प्रविधिको सुविधा प्रदान गर्ने उद्देश्यले नयाँ अफर ल्याइएको क्लासिक टेकको भनाइ छ।कम्पनीले नयाँ अफरमार्फत ग्राहकलाई थप गुणस्तरीय तथा तीव्र गतिको इन्टरनेट अनुभव प्रदान गर्ने अपेक्षा गरेको जनाएको छ।

    यस अफर तथा इन्टरनेट जडानसम्बन्धी थप जानकारीका लागि क्लासिक टेकको बिक्री विभागमा सम्पर्क गर्न सकिनेछ। कम्पनीले sales@classic.com.np मा इमेल वा ९७०९१८४१४७ नम्बरमा फोन गरेर थप जानकारी लिन सकिने जनाएको छ।


    सोमवार, भाद्र २२ २०८३१२:३२:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij