Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

आठ महिनामा २१ अर्ब बढीको स्मार्ट फोन आयात

आठ महिनामा २१ अर्ब बढीको स्मार्ट फोन आयात

  • शनिवार, चैत्र ९ २०८१

  • 941
    SHARES

  • आठ महिनामा २१ अर्ब बढीको स्मार्ट फोन आयात

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१-८२ को फागुन मसान्तसम्म (८ महिना) मा २१ अर्बभन्दा बढीको स्मार्ट फोन आयात भएको छ । गत वर्षको तुलनामा चालु वर्षमा स्मार्ट फोन आयात बढेको छ ।

    गत वर्षको सोही अवधिमा १९ अर्ब ३७ करोड ७७ लाख ६८ हजार रुपैयाँको १२ लाख ४९ हजार ४८१ थान स्मार्टफोन आयात भएको थियो । चालु वर्षको ८ महिनामा २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रुपैयाँ बराबरको १४लाख ७ हजार ७८ थान स्मार्ट फोन आयात भएको भन्सार विभागले जनाएको छ ।

    स्मार्ट फोन आयात बढ्दा राजस्व सङ्कलन पनि बढेको छ । गत वर्षको यसै अवधिमा ३ अर्ब ६० करोड ७५ लाख ३६ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको थियो । चालु वर्षमाको यस अवधिमा ४ अर्ब ८ करोड ५१ लाख ८३ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ ।

    यसैगरी सो अवधिमा १ अर्ब ५२ करोड ५८ लाख ९५ हजार रुपैयाँ बराबरको १६ लाख ९ हजार ९७ थान अन्य टेलिफोनसेट आयात भएको विभागले जनाएको छ । उक्त परिमाणमा टेलिफोन सेट आयात हुँदा २८ करोड ३८ लाख ९३ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ ।


    शनिवार, चैत्र ९ २०८१०५:२०:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij