Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

डिप्रेसनअघि र पछिकी उनी...

डिप्रेसनअघि र पछिकी उनी...

  • सोमवार, चैत्र २७ २०७९

  • 3.4K
    SHARES

  • डिप्रेसनअघि र पछिकी उनी...

    प्रतिक्षा ज्ञवाली

    परिवर्तनशील समय सँगसँगै जीवन पनि परिवर्तनशील छ । यही समय सँगसँगै मानिसले पनि सुनौलो गन्तव्यको यात्रा सुनिश्चित गरेको हुन्छ ।

    अनेक पहाडहरु फोर्दै विभिन्न संघर्षहरु सँग जुद्धै मनिस सफलताको शिखरमा पुग्छ । त्यो सुनौलो यात्रा गर्दा आउने कठिन परिस्थिति सँग डटेर सामाना गर्छ । दृढ इच्छाशक्ति लगनशीलता मेहनत र परिश्रमले प्रायः व्यक्ति लक्ष्यमा पुग्छ, भने कोही नराम्रो सँग बजारिन्छ । त्यहीँबाट पनि कोही नयाँ उर्जा लिएर अगाडि बढ्छ कोही त्यहीँ दलदलमै फसिरहेको हुन्छ ।

    म आज मेरो परिवार, समाज, साथी र म आफैलाई हेर्छु अनि मुल्यांकन गर्छु । हाम्रो परिवारले हामीलाई कुनै दिन पनि हार्न सिकाएन । हामीले रोएर, कराएर आफ्नो इच्छा आकांक्षाहरु पुरा गर्दै गयौं । म बेला बेला झस्किन्छु अनि हेर्छु मेरो भविष्यलाई अनि सोच्छु मलाई कुनै दिन हार्नु पर्यो भने !

    यस्तै सामान्य परिवारमा जन्मेकी छोरीको कथा हो । जिद्दी स्वभाव भने बच्चा देखिको नै बानी थियो । उनलाई रोएर भए पनि हरेक कुरा जित्नु नै पर्थ्यो । यो स्वभाव भने उमेर बढ्दै गएपनि घटेन । समय पनि सधै कहाँ एउटै हुन्छ र, सधै आफुले मात्र जित्छु भन्ने सोच राखेर पनि कहाँ हुन्छ र ! दुर्भाग्यबस उनलाई आफ्नो शैक्षिक यात्रामा हार्नु पर्यो । त्यो हार मुटुमा बिझ्यो । औधी पीडा भयो, आफूले हार्नु पर्दा । आफ्नो जीवनमा कालो बादल छाएको अनुभुति गरिन । रंगिन सपनाको फुलबारी सजाएकी उनी नैराशयतामै विवश हुन पुगिन् । मनमा डर र चिन्ता मात्र भरियो । त्यो कुराले मानसिक तनाव दिन थाल्यो । म अब केही गर्न सक्दिन भन्ने कुरा सोच्न थालिन् । मैले केही गर्न सकिन भने मलाई समाजले के भन्ला, के सोच्ला भन्ने कुरामा पुगिन् । दिन बित्दै गए यो समस्या बढ्दै जान थाल्यो । सुरुमा त यो समस्या कसैसग बताइनन् ।

    जब यो समस्याले आफू भित्र भएका आशालाई निराशामा बदल्न थाल्यो, उनले यो कुरा परिवारमा बताइन् । परिवारमा यो कुरा बताएपछि उपचार गर्नु त टाढाको कुरा भयो, उनलाई परिवार भित्र नै लुकाउन थालियो । खै हाम्रो समाजले बुझ्न नसकेको हो या हामीले बुझाउन नसकेका हौँ, मानसिक तनाव भएको व्यक्तिलाई डाक्टरकोमा लग्नु हुँदैन भन्ने साँघुरो मानसिकता । त्यही साँघुरो मानसिकताका कारणले उनले महिनौसम्म उपचार पाइनन् । जसको कारणले दैनिक कुरामा असर पर्दै जान थाल्यो । उनी एकदम रुने गर्थिन । आत्मविश्वासमा कमि, नैराशयता, एक्लोपन, असुरक्षा, डर र चिन्ताले घेर्न थाल्यो । महिनौसम्म यस्ता लक्षण देखिएपछि उनको उपचार गरियो । मानसिक रोग विशेषज्ञ डाक्टरका अनुसार उनलाई डिप्रेसन भएको रहेछ । डिप्रेसन भएको भन्दा हाम्रो समाजले किन पागलपनाको नाम दिन्छ । त्यहि सोचका कारणले उनले औषधि खान मानिनन् । एकान्त ठाउँ मात्र मन पर्ने गर्थ्यो । आफूले के गरेको आफैले थाहा पाउने थिईनन् । भावनात्मक साथ नपाउँदा पटकपटक आत्महत्याको प्रयास गरिन् ।

    त्यस समयमा उनलाई शारीरिक पीडा पनि थपिन पुग्यो । मानसिक तनाव भएको बिरामीलाई शारीरिक पीडा थपिँदा सहिनसक्नु भयो । दिनप्रतिदिन लक्षणहरु बढ्दै जान थालेपछि उनले डिप्रेसन पत्ता लागेको तनि महिना पछि मात्र औषधि प्रयोग गर्न थालिन् । औषधि प्रयोग गरेको केही दिनसम्म त केही प्रभावनै परेन । आफूले के गरेको आफैले थाहा पाउने थिईनन् । बिस्तारै औषधिले काम गर्न थाल्यो । आफूमा नयाँ संसार देख्न थालिन् । त्यो कहालीलाग्दो अवस्थाबाट आफूमा नयाँ उर्जा ल्याउन थालिन् । उनले जुन समस्याबाट पीडित हुनुपरेको थियो, त्यो समस्या अरुलाई हुन नदिन हरकदम प्रयास गर्ने चेष्टा गरेकी छन् ।

    बढ्दो मानसिक तनावको यो त एउटामात्र उदाहरण मात्र थियो । घर, परिवार र समाजले यो कुरा नबुझ्दा मानिसले आफ्नो ज्यान पनि गुमाएका धेरै उदाहरण हामी सँग छन् । पछिल्लो समय मानसिक तनाव बढ्दो क्रममा रहेको छ ।


    सोमवार, चैत्र २७ २०७९०२:२८:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij