Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

पाल्पाली भाकामा आधारित ‘भोटे कुकुर’ लोक गीत सार्वजनिक

पाल्पाली भाकामा आधारित ‘भोटे कुकुर’ लोक गीत सार्वजनिक

  • शुक्रवार, श्रावण ९ २०८२

  • 1.5K
    SHARES

  • पाल्पाली भाकामा आधारित ‘भोटे कुकुर’ लोक गीत सार्वजनिक

    काठमाडौं । पाल्पाली मौलिक भाकामा आधारित नयाँ नेपाली लोक गीत ‘भोटे कुकुर’ सार्वजनिक भएको छ । चर्चित गायिका कोमल ओलीको सशक्त स्वरमा सजिएको यो गीत जिरो आवँर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

    गीतमा सीमा ज्ञवालीको शब्द, राजेशकुमार श्रेष्ठको संगीत रहेको छ । त्यसैगरी गीतलाई सुरेश पाण्डेले निर्देशन तथा कोरियोग्राफी गरेका छन्। भिडियोमा अश्मिता राना मगर र गरिमा भट्टराईको अभिनय देख्न सकिन्छ।

    गीतको छायांकन रामेश्वर हुमागाईं, सम्पादन तथा रंग संयोजन नरत्तम पाण्डे, मेकअप प्रिया नगरकोटी, र म्युजिक क्लाउड स्टुडियोमा रेकर्ड गरिएको हो। ‘भोटे कुकुर’ गीतले पाल्पाको मौलिक संस्कृति, जनजीवन, व्यङ्ग्य र सामाजिक सन्देशलाई लोकधुनमार्फत रमाइलो शैलीमा प्रस्तुत गरेको छ।

    भिडियो यहाँ हेर्न सकिन्छ ।


    शुक्रवार, श्रावण ९ २०८२०२:५५:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij