Oct 05 2026 | २०८३, आश्विन १९ गते

२०८३, आश्विन १९ गते
  • यो साता चर्चामा :
images

कांग्रेसको १५औँ महाधिवेशन आजदेखिः दिउँसो दुई बजे खुलामञ्चमा उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन आजदेखिः दिउँसो दुई बजे खुलामञ्चमा उद्घाटन

  • आइतवार, आश्विन १८ २०८३

  • 58
    SHARES

  • कांग्रेसको १५औँ महाधिवेशन आजदेखिः दिउँसो दुई बजे खुलामञ्चमा उद्घाटन

    काठमाण्डौ । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदैछ । १५औँ महाधिवेशन आजदेखि शुरु भई यही असोज २२ गतेसम्म चल्ने छ । महाधिवेशनका लागि देशभर र जनसम्पर्क समितिमार्फत ७ हजारभन्दा धेरै प्रतिनिधिले भाग लिँदैछन् । आज दिउँसो २ बजे खुलामञ्चमा उद्घाटन तथा भोलिदेखि बन्दसत्र हुनेछ । बन्दसत्रका लागि महाधिवेशन प्रतिनिधि बस्नका लागि दुई हजार ५०० प्रतिनिधि अट्न मिल्नेगरी छुट्टाछुट्टै तीनवटा हलको व्यवस्था गरिएको छ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले महाधिवेशन प्रविधिमैत्री हुने तथा अन्य तामझाम नहुने जानकारी दिनुभयो । महाधिवेशनको उद्घाटन सत्रका लागि निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरिएको पनि पार्टीका प्रवक्ता चालिसेले बताउनुभएको छ । तर देउवा समूहले आउँदो मङ्सिरमा काठमाण्डौमा १५औँ केन्द्रीय महाधिवेशन गर्ने निर्णयसहित आफ्ना गतिविधिलाई अगाडी बढाएको छ । आजदेखि काठमाण्डौमा शुरु हुन लागेको महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिका गाडीलाई विभिन्न ठाउँमा पार्किङको व्यवस्था गरिएको छ । कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरले महाधिवेशनमा भाग लिन खुलामञ्चमा आउने प्रतिनिधिका लागि ट्राफिक प्रहरीको समन्वयमा विभिन्न ठाउँमा पार्किङको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । संयोजक स्वाँरका अनुसार धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको वान वे सडकको एकतर्फी, दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्थापन गरिएको हो । यस्तै, पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र पनि केही गाडी पार्किङ गर्नेगरी ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उहाँको भनाइ छ ।


    आइतवार, आश्विन १८ २०८३०७:०१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij