Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

माघ १५ सम्म पानी नपर्ने मौसमविद्को प्रक्षेपण, उपत्यकाको आकाश मध्याह्नदेखि खुल्यो

माघ १५ सम्म पानी नपर्ने मौसमविद्को प्रक्षेपण, उपत्यकाको आकाश मध्याह्नदेखि खुल्यो

  • शनिवार, पौष २३ २०७९

  • 1.4K
    SHARES

  • माघ १५ सम्म पानी नपर्ने मौसमविद्को प्रक्षेपण, उपत्यकाको आकाश मध्याह्नदेखि खुल्यो

    काठमाडौं । केही दिनयता धुम्मिएको काठमाडौं उपत्यकामा आज मध्याह्नदेखि खुला देखिएको छ । उपत्यकाको आकाश खुलेसँगै निरन्तर ओरालो लागेको तापक्रम केही बढ्ने मौसमविद्हरुले बताएका छन् ।

    शुक्रबार रातिदेखि पश्चिमी वायु सक्रिय भएसँगै उपत्यकाको आकाशमा भएको धुलाका कणहरु पनि बहेको मौसविद् एवं त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक डा. चिरञ्जिवी पोखरेलले बताउनुभयो ।

    उहाँका अनुसार अहिले प्रवेश गरेको पश्चिमी वायुमा पानीको बाफ (मोइस्चर) छैन । यो अवस्था अझै एक हप्तासम्म रहने उहाँले जानकारी दिनुभयो । यस्तै, पानी पर्ने सम्भावना पनि कम रहेको मौसिमविद् पोखरेलले जानकारी दिनुभयो ।

    यो अवस्था अझै केही दिन रहे देशका विभिन्न स्थानमा डढेलोको पनि सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । सहप्राध्यापक पोखरेलका अनुसार १५ दिनसम्म अझै पानी नपर्ने हुदा हिउँदेबालीलाई प्रत्यक्ष असर पुग्ने छ ।


    शनिवार, पौष २३ २०७९०५:४९:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij