Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सेयर बजारः नेप्सेमा सामान्य सुधार, यस्तो छ आजको कारोबार

सेयर बजारः नेप्सेमा सामान्य सुधार, यस्तो छ आजको कारोबार

  • बुधवार, पौष २४ २०८१

  • 2.4K
    SHARES

  • सेयर बजारः नेप्सेमा सामान्य सुधार, यस्तो छ आजको कारोबार

    काठमाडौं। सेयर बजार परिसूचक नेप्सेमा आज (बुधबार)सामान्य अङ्कको सुधार आएको छ। आज नेप्से ६.३८ अङ्कले बढेर २६५३.२३ को विन्दुमा कायम भएको छ।

    आज ३०५ कम्पनीको १ करोड ५५ लाख २ हजार ७७१ कित्ता शेयर ७२ हजार १२० पटक खरिदबिक्री हुँदा ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार ७८४ बराबरको कारोबार भएको छ।

    आजको कारोबारमा विकास बैंक २.५३, वित्त ४.७७, जलविद्युत् ०.२६, जीवन बिमा ०.४०, उत्पादन तथा प्रशोधन ०.४० र लघुवित्त उपसमूह १.५९ प्रतिशतले बढेका छन्। अरु सबै समूहको उपसूचक घटेको छ।

    बैंकिङ ०.२६, होटल तथा पर्यटन ०.०६, लगानी ०.३८, म्युचुअल फण्ड ०.१०, निर्जीवन बिमा ०.१३, व्यापार ०.५६ र अन्य समूह ०.२६ प्रतिशतले घटेका छन्। आज सबैभन्दा बढी न्यादी हाइड्रोपावर लिमिटेडको रु २२ करोड ५३ लाख ४९ हजार ५९७ को कारोबार भएको छ।

     


    बुधवार, पौष २४ २०८१०४:११:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij