Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीबाट पाँच स्रष्टा सम्मानित

नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीबाट पाँच स्रष्टा सम्मानित

  • शनिवार, जेठ १० २०८२

  • 1.8K
    SHARES

  • नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीबाट पाँच स्रष्टा सम्मानित

    काठमाडौं । नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीले २०८० सालका लागि विभिन्न विधामा उल्लेखनीय योगदान दिएका पाँच स्रष्टालाई नगदसहितको पुरस्कार प्रदान गरेको छ।

    गुठीका सदस्य–सचिव यज्ञप्रसाद शर्माका अनुसार यस वर्षको स्थापित राष्ट्रिय बाल साहित्य पुरस्कार कास्कीका रामबाबु सुवेदी र काठमाडौंका रामकुमार पाँडेलाई संयुक्त रूपमा प्रदान गरिएको छ। उनीहरूले संयुक्त रूपमा पचास हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन्।

    त्यसैगरी, क्षेत्रिय लोकगायन पुरस्कार रुपन्देहीका डिल्लीनारायण पाण्डेलाई तीस हजार रुपैयाँ र प्रमाणपत्र सहित प्रदान गरिएको छ । राष्ट्रिय नवप्रतिभा लोकगायन पुरस्कार भने म्याग्दीका प्रकाश दुतराजले नगद पच्चीस हजार रुपैयाँ सहित र नवप्रतिभा क्षेत्रिय साहित्य पुरस्कार रुपन्देहीका सागर पौडेलले नगद बीस हजार रुपैयाँ सहित प्राप्त गर्नु भएको छ ।

    गुठीको २०८१ साल फागुन २२ गते सम्पन्न साधारण सभाबाट गठन गरिएको प्रतिभा छनोट उपसमितिको सिफारिसका आधारमा शुक्रबार सम्मान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि तथा गुठीका निवर्तमान अध्यक्ष प्रा. डा. चुरामणी बन्धु र गुठीका अध्यक्ष प्रा. डा. गोविन्द नेपालले पुरस्कार अर्पण गर्नुभएको थियो।

    पाल्पामा जन्मनुभई काठमाडौँबाट गोल्ड स्टार जुत्ता उत्पादन गर्नुभएका चर्चित उद्योगपति स्व. नूरप्रताप जवरा र उहाँकी धर्मपत्नी तथा लोक गायीका स्व. गंगा राणाले २०४९ सालमा ३ लाख १ हजारको कोषबाट यो गुठीको स्थापना गर्नु भएको थियो ।

    दुवैको स्वर्गारोहणपछी उहाँका छोरा अमिरप्रताप ज व रा र बुहारी विदुषी राणाले कार्यभार लिएर गुठी सञ्चालन गर्दै आउनुभएको छ।


    शनिवार, जेठ १० २०८२०७:३३:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij