Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

राजकीय सम्मानसहित सुवास नेम्वाङको अन्त्येष्टि

राजकीय सम्मानसहित सुवास नेम्वाङको अन्त्येष्टि

  • बिहिवार, भाद्र २८ २०८०

  • 3.0K
    SHARES

  • राजकीय सम्मानसहित सुवास नेम्वाङको अन्त्येष्टि

    काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

    नेम्वाङको पार्थिव शरीरमा उहाँका दुई छोरा मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिनुभएको छ। राजकीय सम्मानस्वरुप नेपाल सेनाको टुकडीले अन्तिम सलामी दिएको थियो।

    बालुवाटारस्थित निवासबाट सुरु भएको शवयात्रा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको हो ।
    फूलमालाले सजाइएको चितामा नेम्वाङको पार्थिव शरीर राखिएको थियो ।

    त्यहाँ परिवारका सदस्यहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाउनु भएको थियो। अन्तिममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाउनु भएको थियो ।

    यसअघि नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवासबाट मुन्धुम सँस्कृति अनुसारको विधिपूर्वक उठाइएको थियो । उहाँको अन्त्येष्टि मुन्धुम र हिन्दु सँस्कृति अनुसार गरिएको छ।

    अन्त्येष्टिमा नेपाल सरकारका मन्त्रीहरू,राजनीतिक दलका शीर्ष नेताहरू,आफन्त,परिवारजन तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो।


    बिहिवार, भाद्र २८ २०८००१:३०:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij