Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

गायक रामकृष्ण बम मल्ल एनआरएनए आईसीसीको मानार्थ सदस्यमा मनोनीत

गायक रामकृष्ण बम मल्ल एनआरएनए आईसीसीको मानार्थ सदस्यमा मनोनीत

  • सोमवार, मंसिर २९ २०८२

  • 1.3K
    SHARES

  • गायक रामकृष्ण बम मल्ल एनआरएनए आईसीसीको मानार्थ सदस्यमा मनोनीत

    काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव, सुप्रसिद्ध गायक तथा सङ्गीतकार रामकृष्ण बम मल्ल गैरआवासीय नेपाली संघ (NRNA) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) अन्तर्गत मानार्थ परिषद् सदस्य पदमा मनोनीत हुनुभएको छ।

    गैरआवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधन सहित) को धारा १७.१६ बमोजिम तथा मिति २ नोभेम्बर २०२५ मा सम्पन्न अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकको निर्णय अनुसार मल्ललाई उक्त जिम्मेवारी प्रदान गरिएको हो। यससम्बन्धी प्रमाणपत्र NRNA का अध्यक्ष महेशकुमार श्रेष्ठ र महासचिव बाबुराम (बीआर) लामाद्वारा हस्ताक्षरित छ।

    नेपाली लोकसङ्गीतको संरक्षण, प्रवर्द्धन र समृद्धिमा लामो समयदेखि क्रियाशील रहँदै आउनुभएका मल्लले कला–संस्कृतिसँगै गैरआवासीय नेपालीहरूको हकहित, पहिचान र एकताका पक्षमा समेत उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएको छ। उहाँको यही योगदानको कदरस्वरूप NRNA ले अन्तर्राष्ट्रिय तहको जिम्मेवारी सुम्पिएको छ।

    मल्लको मनोनयनप्रति कला, सङ्गीत र गैरआवासीय नेपाली समुदायले खुशी व्यक्त गर्दै आगामी दिनमा उहाँको भूमिका अझ प्रभावकारी र सशक्त हुँदै जाने विश्वास व्यक्त गरेका छन्


    सोमवार, मंसिर २९ २०८२०७:५५:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij