काठमाडौं – नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक जारी छ । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसिरहेको हो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठानिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा पनि बैठकमा छलफल हुने गरी प्रस्ताव तय भएको उहाँको भनाइ छ ।

बैठकअघि आजै सबै सदस्यहरूको एन्टिजेन परीक्षण गरिएको थियो ।