Sep 17 2026 | २०८३, आश्विन १ गते

२०८३, आश्विन १ गते
  • यो साता चर्चामा :
images

स्टार्टअपलाई क्लासिक टेकको अफर, १ जीबीपीएस इन्टरनेटमा ४० प्रतिशतसम्म छुट

स्टार्टअपलाई क्लासिक टेकको अफर, १ जीबीपीएस इन्टरनेटमा ४० प्रतिशतसम्म छुट

  • बुधवार, भाद्र ३१ २०८३

  • 59
    SHARES

  • स्टार्टअपलाई क्लासिक टेकको अफर, १ जीबीपीएस इन्टरनेटमा ४० प्रतिशतसम्म छुट

    काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय र स्टार्टअपलाई लक्षित गर्दै ‘SME Pro Max’ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ। कम्पनीका अनुसार पाँच वर्षभित्र स्थापना भएका स्टार्टअपले यस प्याकेजअन्तर्गत १ जीबीपीएस इन्टरनेट स्पिड, १ टीबी डाटा र पब्लिक आईपी सेवामा ४० प्रतिशतसम्म विशेष छुट पाउनेछन्।

    प्याकेजमा ग्राहकले वाई–फाई सिक्स राउटर निःशुल्क प्राप्त गर्नेछन्। साथै, फ्री सर्वे, इन्स्टलेसन तथा सेटअप सेवा पनि उपलब्ध गराइने क्लासिक टेकले जनाएको छ। नयाँ तथा विस्तारको चरणमा रहेका व्यवसायलाई भरपर्दो, उच्च गतिको र किफायती इन्टरनेट तथा नेटवर्क सेवा उपलब्ध गराउने उद्देश्यले SME Pro Max प्याकेज ल्याइएको कम्पनीको भनाइ छ।

    क्लासिक टेकका अनुसार पछिल्लो समय व्यवसाय सञ्चालनमा तीव्र गतिको इन्टरनेट र भरपर्दो नेटवर्कको आवश्यकता बढ्दै गएकाले विशेषगरी स्टार्टअप तथा साना–मझौला व्यवसायलाई लक्षित गरी यो प्याकेज ल्याइएको हो।

    ‘SME Pro Max’ प्याकेजसम्बन्धी थप जानकारी तथा सदस्यताका लागि ९८०२६२२३०३ मा सम्पर्क गर्न वा corporate@classic.com.np मा इमेल गर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीले प्याकेजमा सर्तहरू लागू हुने स्पष्ट पारेको छ।


    बुधवार, भाद्र ३१ २०८३०६:५७:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij