काठमाडौं। सेयर बजार परिसूचक (नेप्से)आज १४ अंकले बढेको छ। बजार बढ्दा परिसूचक २६२६.३१ बिन्दुमा उक्लिएको हो। आज पसिूचकसँगै कारोबार रकम पनि थोरै बढेको छ।
आज कुल ३१२ कम्पनीको १ करोड २७ लाख ४६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब २० करोड २२ लाख रुपैयाँको कारोबार भएको छ । हिजो ४ अर्ब ३७ करोडको कारोबार भएको थियो ।
आज कारोबार भएकामध्ये १६७ कम्पनीको मूल्य बढेको छ । ७१ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रह्यो। आज आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त र सामुदायिक लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो ।
आज उत्पादन र व्यापार उपसमूहको सूचक मात्रै घटेको छ। बाँकी सबै उपसमूहको सूचक बढ्यो। आज सबैभन्दा बढी विकास बैंक र फाइनान्स उपसमूहको सूचक करिब २ प्रतिशतले बढ्यो ।