Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

निर्माण व्यवसायी महासंघद्वारा आन्दोलनका कार्यक्रम स्थगित

निर्माण व्यवसायी महासंघद्वारा आन्दोलनका कार्यक्रम स्थगित

  • बिहिवार, माघ १७ २०८१

  • 1.7K
    SHARES

  • निर्माण व्यवसायी महासंघद्वारा आन्दोलनका कार्यक्रम स्थगित

    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले घोषणा गरेका आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । महासंघ र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको वार्ता सकारात्मक भएको भन्दै महासंघबाट घोषित आन्दोलनका पूर्व घोषित सबै कार्यक्रमहरू स्थगित गरिएको हो ।
    आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार माघ १५ को अल्टिमेटम सहित प्रदेश निर्माण व्यवसायी महासंघहरूले सम्बन्धित प्रदेशका मुख्यमन्त्रीहरू तथा जिल्ला निर्माण व्यवसायी संघहरूले जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू समक्ष ज्ञापन पत्र बुझाएका थिए । त्यसैगरी केन्द्रमा महासंघले प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरू, मन्त्रीज्यूहरू, प्रमुख राजनीतिक दलका नेताहरू, विभिन्न समितिका सभापतिहरू लगायतलाई ज्ञापन पत्र बुझाएको थियो ।
    बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र महासंघ प्रतिनिधिबीच महासंघका मागहरू सम्बोधन गर्नका लागि प्रधानमन्त्रीबाट एक कार्यदल गठन गर्न निर्देशन भएको छ । महासंघका समस्या समाधानका लागि प्रधानमन्त्री सकारात्मक देखिएपछि महासंघबाट घोषित आन्दोलनका कार्यक्रमहरू स्थगित गरिएको महासंघका महासचिव रोशन दाहालले जानकारी दिनुभयो ।


    बिहिवार, माघ १७ २०८१०४:५७:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij