काठमाडौं। सेयर बजार परिसूचक नेप्से आज १८.१४ अंक घटेको छ। विगतका ६ कारोबार दिन लगातार बजार बढेको थियो । साताको अन्तिम कारोबार दिन आजको गिरावटपछि नेप्से २६३५ मा कायम भएको छ ।
बजारको परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ६ अर्ब ४० करोडको कारोबार भएकोमा आज ७ अर्ब ३० करोडको भयो। आज जम्मा ५५ कम्पनीको मूल्य बढ्दा १८० को घट्यो भने ७ को स्थिर रह्यो ।
होटल तथा पर्यटन समूह ०.९९ प्रतिशत बढ्दा अरु सबै सेक्टर घटे । फाइनान्स २.९३ प्रतिशत घट्यो। बैंकिङ ०.४३, विकास बैंक २.०४, हाइड्रोपावर ०.३८, लगानी ०.३७, जीवन बीमा १.१४, उत्पादन ०.८६, माइक्रोफाइनान्स १.२५, निर्जीवन बीमा ०.३४, अन्य ०.४४ र व्यापार ०.७४ प्रतिशत घटे ।