Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

साउदी अरेबियाबाट श्रम वैधानिकिकरण सुरु

साउदी अरेबियाबाट श्रम वैधानिकिकरण सुरु

  • शुक्रवार, श्रावण ३० २०८२

  • 1.7K
    SHARES

  • साउदी अरेबियाबाट श्रम वैधानिकिकरण सुरु

    काठमाडौं । श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपालीहरूको श्रम वैधानिकिकरण कार्य श्रावण ३० गतेबाट सुरु भएको छ। नेपाली दूतावास रियादले शुक्रबार एक समारोहको आयोजना गरी आठ बर्ष देखि रियादमा कार्यरत अजय दंगालको बायोमेट्रीक लिइ राजदूत डा.नरेश बिक्रम ढकालले श्रम वैधानिकिकरणलाई औपचारिकता दिनुभएको हो ।

    कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले श्रम स्वीकृति बिना नै विदेशमा कार्य गर्ने श्रमिकलाई वैधानिकिकरण गर्ने अभियानमा नेपाली दूतावास साउदी अरेबियाको प्रयासलाई धन्यवाद दिनुभएको छ ।

    श्रम स्वीकृतिको अभावमा वैदेशिक रोजगारमा रहेका श्रमिकहरू आफ्नो मुलुक फर्किन नसक्ने अवस्थाको सृजना हुनु मानवीय नाताले समेत उपयुक्त नभएकोले वैधानिकिकरण अभियान सुरु गर्नु परेको जानकारी दिनुभयो ।

    साउदी अरेबीयासंग द्विपक्षिय श्रम समझदारी पत्रमा हस्ताक्षर हुने जानकारी दिँदै मन्त्री भण्डारीले अबको सेवाहरू प्रविधिमा आधारित रहने जानकारी दिनुभयो । मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले व्यक्तिगत, कानुनी वा जानकारीको अभाव जस्ता विविध कारणले श्रम स्वीकृतिको अभावमा राज्यबाट प्रदान हुने सेवाबाट कुनै पनि नेपाली बञ्चित भएकोले दूतावासबाटै श्रम वैधानिकिकरण कार्य आवश्यक रहेको औँल्याउनुभयो ।

    राजदूत डा. ढकालले श्रम वैधानिकिकरण गर्ने कार्यलाई अभियानकै रूपमा सञ्चालन गरिने र यस कार्यमा विभिन्न सङ्घ संस्थाहरूको समन्वय र सहकार्यको लागि अनुरोध गर्नुभएको छ ।


    शुक्रवार, श्रावण ३० २०८२०५:१७:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij