Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

चौधरी ग्रुपको सिजी मेरिडिया डिलर मिट सम्पन्न

चौधरी ग्रुपको सिजी मेरिडिया डिलर मिट सम्पन्न

  • सोमवार, फाल्गुण १२ २०८१

  • 1.0K
    SHARES

  • चौधरी ग्रुपको सिजी मेरिडिया डिलर मिट सम्पन्न

    काठमाडौं । चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सले पूर्वी नेपालमा कम्पनीको प्रमुख ब्रान्ड सिजीको सिजी मेरिडिया लेभल अप सम्पन्न गरेको छ । यही फागुन ९ गते विराटचोक स्थित होटल नेपाली रिकामा कार्यक्रमको आयोजना गरिएको थियो ।

    नवप्रवर्तनमा केन्द्रित कार्यक्रममा सर्लाहीदेखि काँकडभिट्टासम्मका डिलरहरूलाई व्यावसायिक रणनीति, नयाँ उत्पादन सुरुवात र बजार प्रवृत्तिहरूबारे छलफल छलफलमा सहभागी गराइएको थियो ।

    कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले प्रतिस्पर्धी इलेक्ट्रोनिक्स बजारमा वृद्धि र सफलता हासिल गर्न बलियो साझेदारी र सहकार्यको महत्वमा जोड दिनुभएको थियो । नवप्रवर्तन र ग्राहक सन्तुष्टि कम्पनीको पहिलो प्राथमिकता रहेको बताउँदै उहाँले सिजी प्रडक्ट विश्वाशिलो र गुणस्तरीय भएको बताउनुभयो ।

    Image 1.jpg

    कार्यक्रममा अत्याधुनिक प्रविधि र उच्च–गुणस्तर मापदण्डका नयाँ उत्पादनहरू प्रदर्शन गरिएका थिए । सिजी मेरिडिया क्युएलइडी एक सय ईन्च मेगा स्क्रिन टेलिभिजन, नेपालको पहिलो सिजी मेरिडिया ५५ ईन्च, सिजी मेरिडिया क्युएलइडी फोरके टिभी, ८ किलोग्रामको सिजी मेरिडिया नाइट सिरिज डीडी मोटर वाशिङ मेसिन, आइओटी सिजी मेरिडिया इन्भर्टर सिरिज १ टन १.५ टन एयर कन्डिसनर, ३० लिटर कन्भेक्सन माइक्रोवेभ ओभन र ३५ लिटर कन्भेक्सन विथ रोटेसेरी माइक्रोवेभ ओभनको आधिकारिक लन्च समेत गरिएको छ ।


    सोमवार, फाल्गुण १२ २०८१०७:०८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij