Sep 20 2026 | २०८३, आश्विन ४ गते

२०८३, आश्विन ४ गते
  • यो साता चर्चामा :
images

परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क जाँदै

परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क जाँदै

  • आइतवार, आश्विन ४ २०८३

  • 32
    SHARES

  • परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क जाँदै

    काठमाडौं । संयुक्त राष्ट्रसंघ (युएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल आज (आइतबार) न्युयोर्क प्रस्थान गर्दै हुनुहुन्छ। महासभाको उच्चस्तरीय सत्रमा सहभागिता जनाउन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आज अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेको हो । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल भने यही असोज ६ गते मंगलबार त्यसतर्फ प्रस्थान गर्नेछ । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत आयोजना हुने विभिन्न उच्चस्तरीय बैठक, मन्त्रीस्तरीय कार्यक्रम तथा साइड इभेन्टमा सहभागिता जनाउनु हुनेछ । न्युयोर्क बसाइका क्रममा उहाँले विभिन्न मुलुकका समकक्षी तथा अन्तर्राष्ट्रिय समुदायका विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ । नेपालले यसपटक महासभालाई आफ्नो परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा बहुपक्षीय चासोका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसरका रूपमा उपयोग गर्ने तयारी गरेको छ । प्रधानमन्त्री शाहले ८ असोज अर्थात सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नुहुने छ । प्रतिनिधिमण्डलको आकार घटाइनुलाई सरकारी खर्च र सहभागितालाई प्राथमिकतामा आधारित बनाउने प्रयासका रूपमा पनि हेरिएको छ ।
    यसपटक प्रधानमन्त्री शाहको सम्बोधनमा नेपालको समसामयिक राष्ट्रिय प्राथमिकता तथा अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यका विषयले स्थान पाउने अपेक्षा गरिएको छ । विशेषगरी नेपालजस्ता विकासशील मुलुकले भोगिरहेका विकास, जलवायु परिवर्तन तथा अन्तर्राष्ट्रिय आर्थिक असमानताका विषयलाई बहुपक्षीय मञ्चमा उठाउने अवसर महासभाले प्रदान गर्नेछ ।
    न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ । महासचिवसँगको भेटमा नेपाल–संयुक्त राष्ट्रसंघ सम्बन्ध, नेपालको विकास प्राथमिकता तथा अन्तर्राष्ट्रिय शान्ति र सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्रीको महासचिवसँगको भेटले नेपालका समसामयिक अन्तर्राष्ट्रिय चासो र प्राथमिकता प्रत्यक्ष रूपमा संयुक्त राष्ट्रसंघको उच्च नेतृत्वसमक्ष राख्ने अवसर प्रदान गर्नेछ । परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रसँगै विभिन्न मन्त्रीस्तरीय बैठक तथा साइड इभेन्टमा सहभागिता जनाउनु हुनेछ । यस्ता कार्यक्रममा अन्तर्राष्ट्रिय समुदायले सामना गरिरहेका साझा चुनौती, दिगो विकास, शान्ति तथा सुरक्षा र विकासशील मुलुकका प्राथमिकताबारे छलफल हुनेछ ।


    आइतवार, आश्विन ४ २०८३०७:४०:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij