Sep 17 2026 | २०८३, आश्विन १ गते

२०८३, आश्विन १ गते
  • यो साता चर्चामा :
images

तेस्रो पटक सर्वदलीय बैठक बस्दै, शीर्ष नेताहरूलाई रविको निमन्त्रणा

तेस्रो पटक सर्वदलीय बैठक बस्दै, शीर्ष नेताहरूलाई रविको निमन्त्रणा

  • बुधवार, भाद्र ३१ २०८३

  • 62
    SHARES

  • तेस्रो पटक सर्वदलीय बैठक बस्दै, शीर्ष नेताहरूलाई रविको निमन्त्रणा

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले तेस्रो पटक सर्वदलीय बैठक बोलाएका छन्। बुधबार बस्ने बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूलाई सहभागी हुन आग्रह गरिएको छ। यसअघि भदौ १० र १६ गते बसेका बैठकहरूमा बाढी प्रभावित क्षेत्रको उद्धार र विपद्को दिगो समाधानबारे छलफल भएको थियो। काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले तेस्रो पटक सर्वदलीय बैठक बोलाएका छन्। बुधबार बस्ने बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूलाई सहभागी हुन आग्रह गरिएको हो। यसअघि लामिछानेले भदौ १० र १६ गते पनि सर्वदलीय बैठक बोलाएका थिए। भदौ १० गते बसेको पहिलो बैठकमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको थियो। राहत तथा पुनःस्थापनाका लागि संयुक्त कदम चाल्ने निर्णय गर्दै उक्त बैठकले बाढी प्रभावित जनताको उद्धार र व्यवस्थापनका लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो। भोटेकोशीमा आएको अप्रत्याशित र विनाशकारी बाढी(पहिरोलगत्तै भदौ १६ गते दोस्रो सर्वदलीय बैठक बसेको थियो। दोस्रो तहका नेताहरू सहभागी भएको उक्त बैठकबाट नेपालमा विपद्को दिगो समाधान र पूर्वतयारीका सम्बन्धमा १० बुँदे साझा सङ्कल्प पारित भएको थियो।


    बुधवार, भाद्र ३१ २०८३०७:३३:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij