Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सार्क क्षेत्रमा थप ३९ लाख बालबालिका कुपोषित हुन सक्ने युनिसेफको चेतावनी

सार्क क्षेत्रमा थप ३९ लाख बालबालिका कुपोषित हुन सक्ने युनिसेफको चेतावनी

  • बिहिवार, श्रावण १५ २०७७

  • 1.2K
    SHARES

  • सार्क क्षेत्रमा थप ३९ लाख बालबालिका कुपोषित हुन सक्ने युनिसेफको चेतावनी

    एजेन्सी । युनिसेफले कोरोना भाइरस (कोभिड–१९)को प्रभावस्वरूप सन् २०२० मा दक्षिण एसिया (सार्क) का पाँच वर्षमुनिका थप ३९ लाख बालबालिकामा सुकेनासका कारण कुपोषण हुन सक्ने चेतावनी दिएको छ ।

    द ल्यान्सेटमा प्रकाशित विश्लेषणअनुसार विश्वभरिका ६७ लाख बालबालिका सुकेनासबाट प्रभावित हुन सक्ने आंकलन छ । त्यसमा ५८ प्रतिशत अर्थात ३९ लाख बालबालिका दक्षिण एसियाका हुने अनुमान छ ।

    युनिसेफका कार्यकारी निर्देशक हेनेरिएटा फोरले कोरोनाका बिरामी भेटिन थालेको सात महिना बित्दै गर्दा यो रोगका कारणभन्दा पनि रोकथामका उपायका कारण बालबालिकालाई हानि पुगिरहेको बताएका छन् ।

    गरिबी तथा खाद्य असुरक्षाको दर बढ्नुका साथै अत्यावश्यक पोषण सेवा र आपूर्ति शृंखला अवरुद्व भएको युनिसेफको विज्ञप्तिमा उल्लेख छ । सुकेनास कुपोषणको अत्यन्तै गम्भीर स्वरूप हो ।

    यसले बालबालिकालाई अत्यन्तै दुब्लो र शारीरिक रूपमा कमजोर बनाउँछ । उनीहरूलाई मृत्युको जोखिममा पुयाउनुका साथै शारीरिक वृद्वि, विकास र सिकाइमा कमजोर बनाउँछ ।

    युनिसेफका अनुसार २०१९ मा विश्वका चार करोड ७० लाख बालबालिका सुकेनासबाट प्रभावित थिए ।


    बिहिवार, श्रावण १५ २०७७०२:५१:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij