काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरानो भाइरसका ५० हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका ५२ हजार १२३ नयाँ संक्रमित फेला परेका हुन् ।
यससँगै भारतमा कोरोना संक्रमितको संख्या १५ लाख ८३ हजार ७९२ पुगेको छ । त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ७७५ जनाको मृत्यु भएको छ ।
यससँगै भारतमा समग्रमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३४ हजार ९६८ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।