Sep 20 2026 | २०८३, आश्विन ४ गते

२०८३, आश्विन ४ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिको भूमिकाप्रति नेकपामा आशंका, पार्टीमा चलखेल गरे दुर्भाग्य हुने चेतावनी

राष्ट्रपतिको भूमिकाप्रति नेकपामा आशंका, पार्टीमा चलखेल गरे दुर्भाग्य हुने चेतावनी

  • बुधवार, आषाढ १७ २०७७

  • 288
    SHARES

  • राष्ट्रपतिको भूमिकाप्रति नेकपामा आशंका, पार्टीमा चलखेल गरे दुर्भाग्य हुने चेतावनी

    काठमाडौँ । स्थायी कमिटीको बैठक चलिरहेको भेला आफ्नै भनाइका कारण विवादमा आउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रपतिसँगकोपछिल्लो भेटलाई नेकपाका नेताहरु शंकाको दृष्टिले हेरेका छन् ।

    भारतसँग मिलेर पार्टीकै नेताहरुले आफुलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको भन्दै दिएको अभिव्यक्तिपछि स्थायी कमिटी बैठकमै चर्को विरोध भइरहेका बेला प्रधामन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेपछि नेताहरुले यो भेटलाई अर्थपूर्ण रुपमा लिएका हुन ।

    नेकपा स्थायी कमिटीका सदस्य युवराज ज्ञवालीले प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटगर्नु सामान्य विषय भएपनि बैठकमा राजीनामाको कुरा उठ्नु, निर्वाचन आयोगमा नेकपा एमाले दार्ता हुनु जस्ता विषयले शंका उव्जाएको बताउनुभयो । उहाँले पार्टीको आन्तरिक राजनीतिमा राष्ट्रपतिले चासो र चलखेल गर्न नमिल्ने र गरेमा दुर्भाग्य हुने नेपाली रेडियो नेटवर्कसँग बताउनुभयो ।

    ज्ञवालीले भन्नुभयो,‘ निर्वाचन आयोगमा प्रधानमन्त्रीकै निर्देशनमा पार्टी दर्ताका लागि गएको नेता बामदेव गौतमा प्रस्टै भन्नु भएको छ । यहि अवस्थामा दुई पटक प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग भेट गर्नुभएको छ । यसले राष्ट्रपतिले पार्टीको आन्तरिक मामिलामा हात हाल्न खोजेको अनुभूति नेताहरुलाई गराएको छ । यो मिल्दैन । उहाँले भनेको सूचना सहि थियो भने भारतीय राजदुतलाई बोलाउनुपर्ने थियो । तर, राष्ट्र विरोधी कुरा गर्नुभयो ।’

    ज्ञवालीले जारी स्थायी कमिटीको बैठकमा सरकार र पार्टीको कामका विषयमा छलफल चलिरहेका बेला प्रधानमन्त्री ओलीले बहिरि कार्यक्रमम राखेका भनाइले नेताहरुको अपमान भएको टिप्पणी गर्नुभयो । सार्वभौम राष्ट्र र राष्ट्रियताका विषयमा ओलीको भनाइले आघात पुर्याएको उहाँले दावी गर्नुभयो ।

    ज्ञवालीले भन्नुभयो,‘संविधान बनाउदा पनि यस्तो विषय आएका थिए । हामीले मिलेर संविधान जारी ग¥यौं । चुनावमा पार्टी एक गर्ने भनेर गएको हुनाले बहुमत आएको हो र उहाँलाई पार्टीले प्रधामन्त्री बनाएको हो । अहिले उहाँले आफुलाई मात्रै राष्ट्रवादी हुँ भन्ने दावी गरेर गलत गर्नुभयो । नेपालमा उहाँमात्र हैन सवै पार्टी र नेताहरु राष्ट्रभक्त छन । भारत वा कुनै पनि देशको निर्देशनमा नेकपाका नेताहरु निर्देशित छैन । यसले नेपालको कुटनीतिक क्षमतामा प्रश्न उठाएको छ ।’

    प्रधानमन्त्रीलाई हटाउने कुरा र एक पद कि दुई पद भन्ने कुरा बैठकले निर्णय गर्ने भन्दै ज्ञवालीले संसदीय दल पनि पार्टीकै भएकाले आवश्यक परे केन्द्रीय कमिटीले विधान परिवर्तन गरी नेता परिवर्तन गर्न सक्ने बताउनुभयो । को कुन पदमा बस्छ भने कुरा अब केन्द्रीय कमिटीले निर्णय गर्ने आवश्यक परे विधान संशोधन गरी संसदीय दलमा पनि परिवर्तन गर्न सकिने उहाँको भनाई छ ।


    बुधवार, आषाढ १७ २०७७११:२६:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij