Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आइतबार सार्वजनिक बिदा दिन माग, दुई पांग्रेलाई ५ र चार पांग्रेलाई २० लिटर पेट्रोल

आइतबार सार्वजनिक बिदा दिन माग, दुई पांग्रेलाई ५ र चार पांग्रेलाई २० लिटर पेट्रोल

  • सोमवार, आषाढ २० २०७९

  • 2.0K
    SHARES

  • आइतबार सार्वजनिक बिदा दिन माग, दुई पांग्रेलाई ५ र चार पांग्रेलाई २० लिटर पेट्रोल

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत कम गर्न दुई पांग्रेलाई ५ लिटर र चार पांग्रेलाई २० लिटर पेट्रोल दिने उपाय अघि सारेको छ ।

    इन्धनको बढ्दो मूल्यका कारण वित्तीय अवस्था नाजुक बनेको भन्दै निगमले सोमबार सरकारलाई १० वटा उपाय सिफारिस गरेको हो । जसमा एउटा उपाय यस्ता सवारी साधनलाई कम पेट्रोलियम पदार्थ दिने पनि उल्लेख छ ।

    निगमका प्रवक्ता विनितमणि उपाध्ययकाअनुसार इन्धनको मूल्य वृद्धिका कारण मुलुकको अर्थतन्त्र र निगमलाई जोगाउन यस्ता उपाय तत्काल अवलम्बन गर्न आग्रह गरिएको हो । सोमबार बसेको निगमको बैठकले इन्धनको खपत कम गर्न तत्काल १० वटा उपाय अबलम्बन गर्न आग्रह गरिएको र त्यसमध्ये एक दुई पांग्रे र साना गाडीलाई कम मात्रामा इन्धन दिने पनि रहेको प्रवक्ता उपाध्ययले बताउनुभयो ।

    सरकारले हटाएको आइतबारको सार्वजनिक बिदाको व्यवस्था पुनः लागू नगरी नहुने अवस्था आएको पनि निगमले जनाएको छ । निगमले अधिकतम् मात्रामा सवारी साधन तथा घरायसी प्रयोगमा विद्युत् खपत गर्ने वातावरण मिलाउन पनि सरकारलाई भनेको छ ।


    सोमवार, आषाढ २० २०७९०६:१६:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij